बीपी क्यान्सर अस्पतालमा ब्राकी थेरापी उपकरण जडान
चितवन : बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शरीरको भित्री अंग सेक्ने नयाँ ब्राकी थेरापी उपकरण जडान गरिएको छ। याे साता ल्याइएको उपकरण बुधबार जडान गरिएकाे अस्पतालका कार्यकारी निर्देशक डा.विजयचन्द्र आचार्यले जानकारी दिए।
बिहीबारबाट परीक्षण थालिने र केही दिनमा नै बिरामीलाई सेवा दिन शुरु गरिने बताइएकाे छ। झण्डै दुई करोड ५० लाख रूपैयाँको लागतमा खरीद गरिएको उक्त उपकरण नयाँ र उच्च प्रविधिको रहेको आचार्यले बताए। बिरामीको चाप उच्च रहेकाले एउटा उपकरणले नधान्ने भए पनि केहीलाई सेवा दिन सकिने उनकाे भनाइ छ।
बढी संख्यामा महिलाको पाठेघरको क्यान्सर भएकालाई सेक्न याे उपकरण प्रयोग हुनेछ। अस्पताल स्थापना हुँदा २०५७ सालमा जडान गरिएको ब्राकी थेरापी उपकरण बिग्रिएपछि अर्को उपकरण खरिद गरिएको थिएन।उपकरण अभावमा क्यान्सरका बिरामी काठमाडौं र विदेश जान बाध्य थिए।
अस्पतालमा वार्षिक एक लाख ५० हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गर्छन्, जसमध्ये १० हजार हाराहारी क्यान्सरका बिरामी हुन्छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण