बीपी क्यान्सर अस्पतालमा ब्राकी थेरापी उपकरण जडान

चितवन : बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शरीरको भित्री अंग सेक्ने नयाँ ब्राकी थेरापी उपकरण जडान गरिएको छ। याे साता ल्याइएको उपकरण बुधबार जडान गरिएकाे अस्पतालका कार्यकारी निर्देशक डा.विजयचन्द्र आचार्यले जानकारी दिए।
बिहीबारबाट परीक्षण थालिने र केही दिनमा नै बिरामीलाई सेवा दिन शुरु गरिने बताइएकाे छ। झण्डै दुई करोड ५० लाख रूपैयाँको लागतमा खरीद गरिएको उक्त उपकरण नयाँ र उच्च प्रविधिको रहेको आचार्यले बताए। बिरामीको चाप उच्च रहेकाले एउटा उपकरणले नधान्ने भए पनि केहीलाई सेवा दिन सकिने उनकाे भनाइ छ।
बढी संख्यामा महिलाको पाठेघरको क्यान्सर भएकालाई सेक्न याे उपकरण प्रयोग हुनेछ। अस्पताल स्थापना हुँदा २०५७ सालमा जडान गरिएको ब्राकी थेरापी उपकरण बिग्रिएपछि अर्को उपकरण खरिद गरिएको थिएन।उपकरण अभावमा क्यान्सरका बिरामी काठमाडौं र विदेश जान बाध्य थिए।
अस्पतालमा वार्षिक एक लाख ५० हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गर्छन्, जसमध्ये १० हजार हाराहारी क्यान्सरका बिरामी हुन्छन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु