डा.केसी र सरकारबीचको वार्ता सकारात्मक

काठमाडौंः डा.गोविन्द केसी र सरकारी टोलीबीच भएको वार्ता भोलि बस्ने गरी सकिएको छ । वार्ता सकिए लगत्तै संयुत्त प्रेस विज्ञप्ति जारी गर्दै डा.केसीले उठाएका मागहरु मध्ये धेरै बुँदामा सहमति भइसकेको र बाँकी मागका विषयमा बुधवार बैठक बस्ने तय गरिएको जनाइएको छ ।
संयुत्त रुपमा सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ -‘डा. केसीले उठाउनु भएका मागमा विषयमा छलफल भई धेरै मागहरुमा दुबै पक्षविच सहमति हुने क्रममा रहेको र बाँकी विषयमा साउन ९ गते बैठक बसी सहमति जुटाउने भएकाले सार्वजनिक जानकारीका लागि यो विज्ञप्ति जारी गरिएको छ ।’
विज्ञप्तिमा सरकारी टोलीका तर्फबाट शिक्षा सचिव खगराज बराल र डा. केसीका तर्फबाट डा. अभिशेकराज सिंहले हस्ताक्षर गरेका छन । यो सँगै डा. केसीको अनशन बुधवार तोडिने सम्भावना बढेको छ ।
सम्पादक आचार्यलाई ‘रोटरी जर्नो अवार्ड’
अन्धोपन निवारणको क्षेत्रमा ऐतिहासिक कदम : स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी
यी रोग छन्, मासु कम खानुस्
नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाइँदै
औषधि पनि हो ल्वाङ, यसरी लिनुस् फाइदा