‘मेडिकल व्यवसायीकाे घरमा भात खानु गलत’

काठमाडाैं : प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफू र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा गएर भात खानु गलत भएको बताएका छन्।
मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा आफू र अर्का अध्यक्ष दाहालले प्रसाईंको घरमा गएर मार्सी चामलको भात खाएको तर त्यसको स्वाद मिठो नभएकाे प्रतिक्रिया दिए।
‘दुर्गा प्रसाईंको घरमा गएर प्रचण्डजी र मैले भात खाएका हौँ’, उनले भने, ‘भात खानु गलत हो भने गलत हो तर त्यसको फोटो खिचेर ‘फेसबुक’मा राख्नु गलत होइन।’ प्रधानमन्त्री ओलीले विपक्षीसँग अरू केही मुद्दा नभएकाले मार्सी चामलको विज्ञापनमा हिँडेको बताए।
प्रधानमन्त्री ओलीले नेकपा र सरकारले सबै जनताले सहज रूपमा स्वास्थ्य शिक्षा पाउनुपर्छ भन्नेमा दृढ रहेको बताए। त्यो तत्कालै भने नहुने धारणा उनकाे भनाइ छ।
पार्टी एकताको अन्तिम चरणको वार्ता झापाका मेडिकल व्यवसायी प्रसाईंको भक्तपुरस्थित घरमा भएको थियो। त्यस दिन दाहाल र ओलीले मार्सी चामलको भात खाइरहेको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अाेली र दाहालकाे व्यापक अालाेचना भएकाे थियाे।
त्यसपछि प्रधानमन्त्री अाेलीले यसबारेमा पहिलाेपटक प्रतिक्रिया दिएका हुन्।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा