गर्भवती महिलालाई पोषण आहार
गौशाला (महोत्तरी) : बर्दिवास नगरपालिकाले स्थानीय पाँच सयभन्दा गर्भवती महिलालाई पोषण आहार वितरण शुरु गरेको छ।
बर्दिवास नगरपालिकाले बहुक्षेत्रीय पोषण योजना कार्यक्रमअन्तर्गत ५३० गर्भवती महिलालाई जनही १५ किलो चामल, पाँच किलो गेडागुडी, एक पाउ घ्यू र शुद्ध पानीका लागि एक–एक थान फिल्टर वितरण गरेको नगरप्रमुख विदुरकुमार कार्कीले जानकारी दिए।
‘हरेक बार खाना चार’ नाराका साथ गर्भवती आमा र गर्भमा रहेका बच्चालाई आवश्यक पर्ने पोषिलो आहारस्वरूप कार्बोहाइडेट, प्रोटिन, भिटामिन र मिनरलयुक्त पोषिलो आहार वितरण गरिएको हो। नगरप्रमुख कार्कीले सोमबार बर्दिवास नगरपालिका– १, २ र १४ का ५४ गर्भवती महिलालाई पोषण सामग्री वितरण गरेर कार्यक्रम शुरू गरेका हुन्।
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन