डा.केसीकाे अवस्था झन् झन् चिन्ताजनक
चिकित्सक भन्छन्, यस्ताे वेला संक्रमण भए भयावह रूप लिनेछ

काठमाडौं : अनशनको २५औँ दिनमा आइपुग्दा डा.गोविन्द केसीको स्वास्थ्य अवस्था झन् जटिल बनेको छ। डा.केसीको शरीरमा सेतो रक्तकोषिका, पोटासियमको मात्रा एकदमै कम रहेको उपचारमा संलग्न प्रा.डा. दिव्या सिंह शाहले जानकारी दिइन्।
यति कम सेतो रक्तकोशिका भएका बिरामीलार्इ कुनै संक्रमण भइहाले त्यसले भयावह रूप लिनेछ। रगतमा ग्लुकोजको मात्रा पनि अहिलेसम्मकै सबैभन्दा न्यून देखिएको उनले बताइन्। ‘शरीरका सबै अंगले काम गर्ने भनेकै ग्लुकोजबाट प्राप्त शक्तिले नै हो’, उनले भनिन्, ‘यसको मात्रामा कमी आएसँगै अंगहरुले बिस्तारै काम गर्न छाड्नेछन्।’
चिकित्सकहरूका अनुसार विशेषत: ग्लुकोजको मात्रा घटेसँगै सबभन्दा गम्भीर असर मस्तिष्कमा देखिन्छ। स्नायुहरु शक्तिहीन बन्दै जान्छन् र बेहोश हुने र छारे रोगका लक्षण पनि देखिन सक्छ।
‘रिंगटा लाग्ने, मांसपेशीको दुखाइ, बोल्न नसक्ने समस्या बढ्दै गएको छ’, शाहले भनिन्, ‘डा केसीमा आएका परिवर्तन हेर्ने हो भने अवस्था चिन्ताजनक छ।’
केसीले सोमबार मात्र आमा मित्रकुमारीको आग्रहमा स्वास्थ्य परीक्षण गराएका थिए। रगतको रिपोर्ट आएसँगै चिकित्सकहरु चिन्तित भएका छन् । रगतका सबै ‘प्यारामिटर’हरू असामान्य छन्। ‘रगतमा अक्सिजनको मात्रा निरन्तर घटिरहेको छ’, शाहले भनिन्, ‘एकैछिन पनि अक्सिजन नलगाउँदा उहाँलाइ निकै अप्ठ्यारो हुन्छ।’
यसैका कारण भेट्न आउने मानिसहरुलाइ १० मिटर परै राख्ने र डा.केसी अनशन बस्ने कोठामा प्रवेशका लागि अनिवार्य मास्क र ह्यान्ड स्यानिटाइजरको प्रयोग गर्ने व्यवस्था मिलाइएको डा.शाहले बताइन्।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा