देशभरका चिकित्सक आन्दोलनमा
काठमाडौं : डा.गोविन्द केसीको मागलाई समर्थन गर्दै नेपाल चिकित्सक संघले मंगलबारदेखि देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने भएका छन्।
मंगलबारदेखि नै ओपीडी टिकट समेत बहिष्कार गर्ने संघले जनाएको छ। वैकल्पिक रूपमा सेवा दिने विज्ञप्तिमा जनाइए पनि बिरामीले कसरी सेवा लिन सक्छन् भन्ने अन्याेल छ।
डा.केसीको मागप्रति सरकारको उदासिनताप्रति रुष्ट हुँदै चिकित्सकहरू काठमाडौंको वसन्तपुरमा रिले अनशन बस्ने भएका छन्। सेवा नदिन र आन्दोलनमा सरिक हुन संघले उपत्यका बाहिरका चिकित्सकलाई पनि निर्देशन दिएको छ। संघले सोमबार पत्रकार सम्मेलन गर्दै आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको हो।
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन