अाैलाेविरुद्धको नयाँ औषधि प्रमाणित
अमेरिकाका औषधी नियामक अधिकारीहरूले अाैलाेविरुद्धको नयाँ औषधि प्रमाणित गरेका छन्। ‘टाफेनोक्विन’ नामक औषधिले एकै डोजमा ‘भाइभ्याक्स’ नामक औलो रोग निर्मूल पार्ने नियामक अधिकारीले दाबी गरेका छन्।
अाैलाेविरुद्ध नयाँ औषधि प्रमाणित भएको यो ६० वर्षपछिकै पहिलो हो। भाइभ्याक्स औलोले विश्वमा बर्सेनि ८५ लाख मानिस प्रभावित हुने गरेका छन्। भाइभ्याक्स औलोका बिरामीले औषधि सेवन गरे पनि उनीहरूको कलेजोबाट परजीवीहरू पूर्ण रूपमा नहट्ने र रोग बल्झिरहने समस्या हुने गरेको छ।
अब भने यो औषधिले अाैलाे कलेजोबाटै निर्मूल पार्ने दाबी अमेरिकी अधिकारीहरूले गरेका छन्। यस्तो प्रकारको अाैलाेको संक्रमण दक्षिण अमेरिका र दक्षिण तथा पूर्वी एसियामा रहेको बताइन्छ।
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन
नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर