पूजा गर्ने मात्र होइन तुलसीबाट यसरी गर्नुस् स्वास्थ्यरक्षा
काठमाडौं : सनातन हिन्दु धर्मावलम्बीले हरिशयनी एकादशीका दिन घर आँगनमा मठ बनाएर तुलसी रोप्ने गर्छन्। याे दिन राेपिएकाे तुलसीलार्इ चार महिनासम्म भगवान् विष्णु वा विष्णुप्रियाका रूपमा पूजा गरिन्छ।
यसरी पूजा गरिने तुलसी बोटविरुवामध्ये अत्यधिक अक्सिजन फ्याँक्ने वनस्पति हो। यसबाट विविध प्रकारका औषधि उपचार पनि गर्न सकिन्छ। तुलसीलाई तनाव न्यूनीकरणको अचुक वनस्पतिकाे रूपमा लिइन्छ। दीर्घ जीवनका लागि पनि यो अत्यन्त उपयोगी छ।
बहुपयोगी गुण बोकेको हुनाले यसलाई जडिबुटीयुक्त औषधिको रानीसमेत भनिन्छ। तुलसी आयुर्वेदिक औषधिका लागि महत्त्वपूर्ण जडिबुटी मानिन्छ।
रुघा, झाडापखाला, पेटको गडबडी, टाउको दुखाइ, सुन्निएको, गठिया रोग, छाला तथा मुटुसम्बन्धी रोग, आँखाको समस्या, शारीरिक विकार, मलेरिया र किराको टोकाइ लगायत विभिन्न समस्याका लागि समेत यो अत्यन्त प्रभावकारी मानिन्छ।
जडिबुटीका लागि प्रयोग गरिने विभिन्न बोटबिरुवामध्ये तुलसीलाई अझ सघन रूपमा प्रयोग गरिन्छ। यसको हरेक भाग उत्तिकै लाभदायक छ। यसको पात, फूल बीउ र जरा हरेक अंग गुणकारी छ।
यसका साथै तुलसीलाई आयुर्वेदिक चिया, सुकाइएको धुलो पाउडर र विभिन्न परम्परागत परिकार पकाउन समेत प्रयोग गरिन्छ। इटली लगायत विभिन्न देशहरुमा यसलाई खानाका परिकारका रूपमा प्रयोग गरेको पाइन्छ।
तुलसीलाई तातोपानीमा केही थाेपा कागतीको रस मिसार्इ बालबालिकालार्इ पिलाए पेटका विभिन्न समस्याबाट समेत राहत मिल्छ। अत्यन्त लाभदायक पौष्टिक तत्त्व भएकाले तुलसीलाई जीवनको अभिन्न अंग बनाउन जरुरी छ।
जनस्वास्थ्य विज्ञ अरूणा उप्रेतीसँग गरिएकाे कुराकानीमा अाधारित।
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन
नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर