निजी मेडिकल कलेज राष्ट्रियकरण गर्न सत्तापक्षीय विद्यार्थी संगठनकाे माग
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट भ्रातृ संगठनहरूले देशभर सञ्चालित निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न माग गरेका छन्। अखिल, अखिल क्रान्तिकारी युवा संघ र योङ कम्युनिष्ट लिगको अाइतबारकाे संयुक्त बैठकले निजी मेडिकल कलेजकाे राष्ट्रियकरण उत्तम विकल्प भएको जनाएकाे हाे।
‘नेपालको संविधानको प्रस्तावनामा उल्लेखित समाजवादउन्मुख व्यवस्थाको मर्म एवं शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हकको रूपमा गरिएको संवैधानिक ग्यारेन्टीको प्रावधान अनुसार निजी क्षेत्रबाट सञ्चालित सम्पूर्ण मेडिकल कलेजलाई अविलम्ब राष्ट्रियकरण वा गैर नाफामुखी ट्रष्टमा रूपान्तरण गरियोस्’ संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ। सातै प्रदेशमा सुविधासम्पन्न शिक्षण अस्पताल हुनुपर्ने चार संगठनको माग छ।
उनीहरूले चिकित्सा शिक्षाभित्रको छात्रवृतिलाई न्युन आय, गरिब र लक्षित समुदाय आधारित बनाई पारदर्शी ढंगले वितरण गर्नुपर्ने, अस्पतालमा बन्द हडताललार्इ पूर्ण रूपमा प्रतिबन्ध लगाउनपनि अघि सारेका छन्। ‘जनताले तिरेको करबाट तलब भत्ता खाई स्वास्थ्य जस्तो संवेदनशील पेशामा रहेर जनतालाई निर्वाध सेवा नदिने अधिकारीलाई तत्काल कारवाही गरियोस्’ भन्ने माग पनि अघि सारिएको छ।
चिकित्सा शिक्षामा देखिएका समस्या सम्बोधन गर्न उच्चस्तरीय चिकित्सा शिक्षा आयोग गठन गर्नुपर्ने र याे विषयकाे बहस संसदमा गराउनुपर्ने उनीहरूकाे भनाइ छ।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण