सत्याग्रहीको माग सम्बोधन नगरे आगो बल्छ : पूर्वप्रधानन्यायाधीश कार्की

काठमाडौं : पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले डा.गोविन्द केसीको माग पूरा नभए देशमा आगो बल्ने बताएकी छिन्। ‘केसीले उठाएका मुद्दा उनका व्यक्तिगत होइनन्, जनताका हुन्’, उनले भनिन्, ‘उनमा माग सम्बोधन नभए देशमा आगो बल्छ।’
‘सोलिडारिटी फर प्रोफेसर गोविन्द केसी अलाइन्स’ले काठमाडौं’को बानेश्वरमा शनिबार आयोजित सभामा पूर्वप्रधानन्यायाधीश केसीले केसीको मुद्दालाई राजनीतिक रंग नदिन सरकारलाई आग्रह गरिन्। सत्याग्रही डा. केसीलाई कहिले पार्टीको खोल ओढाइने गरेकोमा उनले असन्तुष्टि जनाइन्।
डा. केसीले जनताको भावना बोलेको भन्दै पूर्वप्रधानन्यायाधीश कार्कीले उनका माग पूरा गर्न आग्रह गरिन्।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु