केसीको समथर्नमा निस्केको तरूण दलको प्रदर्शनमा प्रहरीको लाठीचार्ज
अध्यक्ष बस्नेतको टाउको फुट्यो, ३० भन्दा बढी घाइते

काठमाडौं : डा.गोविन्द केसीको समर्थन र सरकारको विरोधमा प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले राजधानीमा गरेको प्रर्दशनमा दोहोरो झडप हुँदा अध्यक्ष जीतजंग बस्नेतसहित ३० भन्दा बढी घाइते भएका छन्।
शनिबार राजधानीको माइतीघरमण्डलाबाट नयाँ बानेश्वरतर्फ जाँदै गरेको तरुण दलको र्यालीलाई सुरक्षाकर्मीले बानेश्वरमा रोकेपछि दोहोरो झडप भएको हो।
तरुण दलभन्दा अघि डाक्टर केसीको समर्थनमा सडकमा उत्रिएकाे ‘सोलिडारिटी फर डा.केसी अलायन्स’ले सभा गरिरहेको बेला पुगेको तरुण दलको विरोध जुलुसमा एकाएक प्रहरी हस्तक्षेप भएपछि झडप भएको हो।
नागरिक समाजले मुख्य सडकमा सभा गरेपछि सडकको अर्को छेउबाट तरुण दलको जुलुस अघि बढ्दै गर्दा निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले रोकेको थियो।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा