डा.केसीको माग तत्काल सम्बोधन गर्न देउवाको माग
काठमाडौं : कांग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सक गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन्। शुक्रबार अपराह्न महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य अवस्था बुझेपछि देउवाले केसीको माग जायज रहेको भन्दै त्यसमा आफूहरूको साथ रहने अडान पनि दोहोर्याएका हुन्।
सभापति देउवाले सञ्चारकर्मीहरूमाझ तत्कालीन एमालेसहितको सहमतिमा आफू नेतृत्वको सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश जस्ताको तस्तै नआए मान्य नहुने चेतावनी दिए।
सभापति देउवाले जीवन रक्षाका लागि वरिष्ठ चिकित्सक केसीको समर्थनमा जुटन पनि सबैलाई पुनः आह्वान गरेका थिए। प्रमुख प्रतिपक्ष कांग्रेसले वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न देउवा नेतृत्वको पूर्ववर्ती सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई जस्ताको तस्तै संसदबाट पारित गराउन माग गर्दै संसद र सडक दुवै संघर्षलाई निरन्तरता दिँदै आएको छ।
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !