दाङमा रगत अभाव
दाङ : जिल्लामा रगत अभाव देखिएको छ। रक्तसञ्चार केन्द्र घोराहीले पछिल्लो दुई महिना जिल्लामा ब्लड डोनेसनका कार्यक्रम नभएका कारण ब्लड बैंकमा रगत समस्या देखिएको बताएको छ।
‘ब्लड बैंकमा अहिले अत्यावश्यक बिरामीको लागि आवश्यक पर्ने विभिन्न ग्रुपकाे मात्र रगत रहेको छ’, रक्तसञ्चार केन्द्र घोराहीका इन्चार्ज दिलीप न्यौपानेले भने, ‘त्यसैले अहिले हामीले सामान्य बिरामीलाई ब्लड दिन सकेका छैनाैँ।’
पछिल्लो समयमा जिल्लामा मासिक दुई सय बढी प्वाइन्ट जिल्लामा आवश्यक पर्ने गरेको छ । रक्त सञ्चार केन्द्रका अनुसार गत आर्थिक वर्ष जिल्लाका विभिन्न सरकारी तथा निजी अस्पतालमा गरी करीब दुई हजार ५०० प्वाइन्ट ब्लड खपत भएको छ । जसमध्ये करीब दुई हजार एक सय घोराही, दुई सय ५० प्वाइन्ट तुलसीपुर र अन्य ब्लड लमहीलगायतका निजी अस्पतालमा खपत भएको इन्चार्ज न्यौपानेले बताए।
जिल्लामा करीब ७० देखि ८० वटा विभिन्न संघ संस्था र करीब ४० जनाले वार्षिक रूपमा नियमित रक्तदान गर्ने गरेका छन् । जिल्लामा एकै समयमा धेरै रगतआउने तर केही महिनादेखि ‘ब्लड डोनेशन’का कार्यक्रम नहुँदा ब्लड बैंकमा प्रत्येक वर्ष अभाव देखिने गरेको न्यौपानेले बताए।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो