दाङमा रगत अभाव
दाङ : जिल्लामा रगत अभाव देखिएको छ। रक्तसञ्चार केन्द्र घोराहीले पछिल्लो दुई महिना जिल्लामा ब्लड डोनेसनका कार्यक्रम नभएका कारण ब्लड बैंकमा रगत समस्या देखिएको बताएको छ।
‘ब्लड बैंकमा अहिले अत्यावश्यक बिरामीको लागि आवश्यक पर्ने विभिन्न ग्रुपकाे मात्र रगत रहेको छ’, रक्तसञ्चार केन्द्र घोराहीका इन्चार्ज दिलीप न्यौपानेले भने, ‘त्यसैले अहिले हामीले सामान्य बिरामीलाई ब्लड दिन सकेका छैनाैँ।’
पछिल्लो समयमा जिल्लामा मासिक दुई सय बढी प्वाइन्ट जिल्लामा आवश्यक पर्ने गरेको छ । रक्त सञ्चार केन्द्रका अनुसार गत आर्थिक वर्ष जिल्लाका विभिन्न सरकारी तथा निजी अस्पतालमा गरी करीब दुई हजार ५०० प्वाइन्ट ब्लड खपत भएको छ । जसमध्ये करीब दुई हजार एक सय घोराही, दुई सय ५० प्वाइन्ट तुलसीपुर र अन्य ब्लड लमहीलगायतका निजी अस्पतालमा खपत भएको इन्चार्ज न्यौपानेले बताए।
जिल्लामा करीब ७० देखि ८० वटा विभिन्न संघ संस्था र करीब ४० जनाले वार्षिक रूपमा नियमित रक्तदान गर्ने गरेका छन् । जिल्लामा एकै समयमा धेरै रगतआउने तर केही महिनादेखि ‘ब्लड डोनेशन’का कार्यक्रम नहुँदा ब्लड बैंकमा प्रत्येक वर्ष अभाव देखिने गरेको न्यौपानेले बताए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’