देश बाहिर उपचार गर्न जाने क्रम राेकाैँ : स्वास्थ्यमन्त्री यादव
काठमाडाैं : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले देश बाहिर उपचार गर्न जानुपर्ने बाध्यता अन्त्य गरिने बताउनुभएको छ। ललितपुरस्थित बी एण्ड बी अस्पतालमा आयोजित कार्यक्रममा मन्त्री यादवले स्वदेशमा रहेका सरकारी र निजी अस्पतालले जनतालाई सुविधासम्पन्न र गुणस्तरीय सेवा सुलभ रुपमा उपलब्ध गराउनुपर्ने व्यवस्था ल्याउने बताएका हुन्।
‘नागरिकले नेपालमै सबै उपचार सस्तो र गुणस्तरीय रूपमा पाउनुपर्छ’, उनले भने, ‘निजी अस्पतालले पनि गुणस्तरीय सेवा सस्तो शुल्कमा उपलब्ध गराउनुपर्छ। त्यसका लागि सरकार सहकार्य गर्न तयार छ।’
सरकारी र निजी क्षेत्र मिलेर मात्र नेपालको स्वास्थ्य सेवालाई माथि उकास्न सकिने बताउँदै मन्त्री यादवले विपन्न नागरिक गुणस्तरीय सेवा पाउनबाट वञ्चित रहेकाले उनीहरूका लागि स्वास्थ्य सेवाको पहुँच पुर्याउनु दुवै क्षेत्रको दायित्व भएको बताए।
यादवले राज्यको ठूलो हिस्सा रकम उपचारात्मक क्षेत्रमै खर्च भएकाले अब रोग लाग्नै नदिनेतर्फ सचेत बनाउन कार्यक्रम ल्याउने बताए।
बी एण्ड बी अस्पतालले शुक्ररबारदेखि मुटु तथा नसा रोगीको उपचारमा प्रयोग हुने क्याथल्याब सेवा शुरु गरेको हो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण