माइतीघर र जुम्लामा सरकारले ज्यादती गर्याे : देउवा

काठमाडौं : प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौंंको माइतीघर मण्डला र जुम्लामा सरकारले ज्यादती गरेको प्रतिक्रिया दिएका छन्।
बिहीबारका लागि तय भएको प्रतिनिधिसभा बैठक स्थगन भएपछि संसद् परिसरमा सञ्चारकर्मीलार्इ प्रतिक्रिया दिँदै सभापति देउवाले विमति राख्ने र विरोधमा प्रदर्शन गर्न पाउने लोकतन्त्रको अधिकार सरकारले कुण्ठित गर्न खोजेको बताए।
उनले यसअघिको सरकारले संसदमा पेश गरेको चिकित्सा शिक्षा अध्यादेशको हुबहु विधेयक संसदमा ल्याउनुपर्ने अडान राखे।
देउवाले डा. केसीले उठाएका सबै माग र उनको स्वास्थ्य उपचारमा सरकारले ध्यान दिनुपर्ने बताए।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु