अन्तत : काठमाडाैं फर्किए डा.केसी
काठमाडाैं : जुम्लामा २० दिन अनशन बसेका डा. गोविन्द केसी जुम्लामा अनशन बसेको २०औँ दिन काठमाडौं फर्किएका छन्। २० दिनअघि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशन सुरु गरेका केसी बिहीबार सेनाको हेलिकोप्टरमा काठमाडौं फर्किएका हुन्।
यसअघि उनले सेनाकाे हेलिकाेप्टरमा काठमाडाैं नअाउने बताएका थिए। केसीलाई जुम्लाका स्थानीयले फूलमाला लगाएर विदाइ गरेका छन्। उनको स्वास्थ्य बिग्रिएपछि सरकारले काठमाडौंबाट हेलिकोप्टर पठाएर बल प्रयोग गरेर भएपनि उठाएर ल्याउने भनेको थियो।
यसको विरोधमा जुम्लाका स्थानीय र विद्यार्थीहरूले विरोध गर्दा झडप भएको थियो। गोली चल्दा एकजना प्रहरी घाइते भएका छन्।
केसीलार्इ केही बेरमै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिँदैछ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो