विधेयक फिर्ता लिए सरकारलार्इ सहयाेग गर्छाैँ : नेता थापा
काठमाडाैं : प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता लिन सरकारसँग माग गरेका छन्। बुधबार नेपाल प्रेस युनियनले काठमाडौंमा कांग्रेस नेता थापाले सरकारले संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता लिए वरिष्ठ चिकित्सक गोविन्द केसीले पनि आमरण अनशन तोड्ने बताए।
उनले प्रमुख प्रतिपक्षी दलको सहमतिमा मात्रै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अघि बढाउन पनि सरकारसँग आग्रह गरे। उनले सरकारले वरिष्ठ चिकित्सक केसीलाई वार्ताको नाटक गरेर जबरजस्ती रूपमा काठमाडौं ल्याउन चाहेको आरोप पनि लगाए।
विधेयक फिर्ता लिए वार्तामार्फत वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न सरकारलाई सहयोग गर्ने प्रतिबद्धता थापाले जनाए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण