वसन्तपुरमा आवासीय चिकित्सकहरूकाे प्रदर्शन

काठमाडौं : डा. गोविन्द केसीको जीवनरक्षा गर्न माग गर्दै आवासीय चिकित्सक संघले काठमाडौंको वसन्तपुरमा प्रदर्शन गरेको छ। १८ दिनदेखि चिकित्सा क्षेत्रको सुधारको माग राख्दै जुम्लामा अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको भन्दै संघले बुधबार प्रदर्शन गरेकाे हाे।
आवासीय चिकित्सक संघका अध्यक्ष सुमित पाण्डेले माफियासँगको मिलेमतोमा सरकारले चिकित्सा क्षेत्रलाई सुधारको माग राख्दै आएका केसीको मागकाे पर्वाह नगरेको अाराेप लगाए। उनले सरकारको यस्तो रवैयाविरुद्ध अझ सशक्त अान्दाेलन गर्ने चेतावनी दिए।
सरकारले दुइै तिहाइको दम्भ राखी केसीका मागप्रति कुनै चासो नदिएको भन्दै आवासीय चिकित्सक संघले विरोधमूलक कार्यक्रम गर्दै आएको छ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा