वसन्तपुरमा आवासीय चिकित्सकहरूकाे प्रदर्शन
काठमाडौं : डा. गोविन्द केसीको जीवनरक्षा गर्न माग गर्दै आवासीय चिकित्सक संघले काठमाडौंको वसन्तपुरमा प्रदर्शन गरेको छ। १८ दिनदेखि चिकित्सा क्षेत्रको सुधारको माग राख्दै जुम्लामा अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको भन्दै संघले बुधबार प्रदर्शन गरेकाे हाे।
आवासीय चिकित्सक संघका अध्यक्ष सुमित पाण्डेले माफियासँगको मिलेमतोमा सरकारले चिकित्सा क्षेत्रलाई सुधारको माग राख्दै आएका केसीको मागकाे पर्वाह नगरेको अाराेप लगाए। उनले सरकारको यस्तो रवैयाविरुद्ध अझ सशक्त अान्दाेलन गर्ने चेतावनी दिए।
सरकारले दुइै तिहाइको दम्भ राखी केसीका मागप्रति कुनै चासो नदिएको भन्दै आवासीय चिकित्सक संघले विरोधमूलक कार्यक्रम गर्दै आएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’