भक्तपुरमा वितरित अधिकांश पानीमा ‘काेलिफर्म’

भक्तपुर : जिल्लाका विभिन्न स्थानमा वितरण गरिएको खानेपानीमा दिसामा पाइने जीवाणु कोलिफर्म भेटिएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय विभिन्न १८ वटा स्थानका पानी परीक्षण गर्दा १६ वटामा कोलिफर्म भेटिएको हो।
परीक्षण गरिएकामध्ये कटुञ्जे तीनधारा र चाँगुनारायण हेल्थपोष्टमा गरिएको परीक्षणमा मात्र कोलिफर्म नदेखिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयका अनुसार सूर्यविनायक नगरपालिका–८ आशापुरीका दुई, नैचाल र सोचे, –९ काँक्रेबारी र काँक्रेबारी सरस्वती मावि–२ बालकोट हेल्थपोष्ट–१ सिरुटार हेल्थपोष्ट र जिल्ला जनस्वास्थ्य कार्यालय कटुञ्जेमा गरिएको परीक्षणमा कोलिफार्म भेटिएको हो।
यस्तै भक्तपुर नगरपालिकाको व्यासी, मध्यपुर ठिमी नगरस्थित लोहकल्थली, सानोठिमी र बालकुमारीमा गरिएको परीक्षणमा कोलिफर्म भेटिएको छ। वर्षायामसँगै पानी दूषित हुने भएकाले युवा क्रियाकलाप समाज (सोया) लगायतको संस्थाको सहयोगमा जनस्वास्थ्य कार्यालयले सर्वसाधारणका घरघरमा वितरण गरिएको खानेपानीका नमूना परीक्षण गरिएको जनस्वास्थ्य अधिकृत कृष्णबहादुर चन्दले बताए।
वर्षायाम शुरु भएसँगै विभिन्न सरुवारोगको महामारी फैलिनसक्ने भएकाले खानेपानीको अवस्था बुझ्न कार्यालयले परीक्षण गरेको अधिकृत चन्दले जानकारी दिए। उनले पानी प्रदूषित देखिएकाले उमालेर वा शुद्धीकरण गरेर मात्र प्रयोग आग्रह समेत गरे। उनले चारवटै नगरपालिकामा नगरस्तरीय विपद् प्रतिकार्य टोली गठन गरी अत्यावश्यक औषधी भण्डारण गरेकाे जनाए।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा