जबरजस्ती विधेयक ल्याए प्रतिकार गर्छाैँ : नेता थापा
काठमाडौं : प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले आफूहरुले संसदमा दर्ता गराएको विरोधको सूचनालाई बेवास्ता गरेर जबरजस्ती रूपमा सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको आरोप लगाएका छन्।
आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ थापाले सो विधेयक संख्याका आडमा पारित गराउन खोजे प्रतिकारमा उत्रिने चेतावनी पनि दिए। ‘सरकारले संसदमा पेश गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकले संविधानको मर्म र देशको आवश्यक्तालाई सम्बोधन गर्दैन’, उनले भने।
नेता थापाले विधेयक पारित गराउने सरकारको रवैया ठीक नभएको भन्दै त्यसलाई स्वीकार गर्ने पक्षमा आफूहरु नरहेको पनि स्पष्ट पारे। उच्चस्तरीय आयोगमार्फत् वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन गर्ने सरकारको भनाइमा विश्वास नलागेकाे उनले बताए।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने