स्वस्थ रहन दैनिक खानुहोस् एउटा स्याउ
स्याउ जुनसुकै मौसममा सजिलै उपलब्ध हुने स्वादिष्ट फल हो। स्याउ नियमित खानेगरे हाम्रो शरीरमा आवश्यक पौष्टिक तत्त्व प्राप्त हुन्छ। स्याउ बोक्रासहित खानु पर्छ। ब्रोका निकालेर खाँदा यसमा भएका पोषक तत्त्व नष्ट हुन्छ।
यसकारण खाने स्याउ
स्याउमा प्रशस्त मात्रामा फाइबर, क्याल्सियम र एन्टिअक्सिडेन्ट पाइन्छ । स्याउमा पाइने यी पोषक तत्त्वले मानिसकाे रोगप्रतिरोधी क्षमता बढाउँछ।
स्याउले पाचनप्रणाली दुरुस्त बनाउन मद्दत गर्छ। नियमित खाँदा मोटोपन सन्तुलनमा आउँछ । मोटोपनबाट हुने हृदयाघात, मधुमेह र मुटुरोगजस्ता समस्या हुने सम्भावना हुँदैन।
यसकाे सेवनले मस्तिष्कमा रहेका कोषिकाको रक्षा गर्छ। साथै, अल्जाइमरको खतरालाई पनि कम गर्छ।
मिर्गौलामा हुने पत्थरीबाट बच्न स्याउको सेवन लाभदायी हुन्छ। साथै, बिरामीले खाएमा पत्थरीका कारण हुने दुखाइबाट आराम मिल्छ। स्याउमा पाइने फाइबरले कब्जियत कम गर्छ।
ब्रोकासहितको फाइबरयुक्त स्याउ खाँदा पित्तथैलीमा जमेर बसेको कोलस्ट्रोललाई बाहिर निकाल्छ। यसरी पित्तथैलीमा हुने पत्थरीबाट जोगिन मद्दत पुग्छ।
हरेक बिहान एउटा स्याउ खाँदास्तन क्यान्सरको सम्भावनालाई २३ प्रतिशत रोक्न सकिन्छ। साथै, यसले कलेजो र आन्द्राको क्यान्सर हुनबाट जोगाउँछ।
स्याउ सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउनुका साथै सुगर नियन्त्रणमा राख्न मद्दत गर्छ। साथै, रक्तसञ्चार चुस्त दुरूस्त राख्न पनि सघाउ पुर्याउँछ।
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन
महिलाका अधिकारमाथि बढ्दो प्रहार, संरक्षणको माग
बाढीपछि तत्काल अपनाउनुपर्ने स्वास्थ्य सतर्कताहरू
पहिचान नखुलेका २२९ शवको डीएनए नमुना लिएर व्यवस्थापन गरिंदै