डा.केसीको जीवन रक्षाका लागि दीप प्रज्वलन
काठमाडौं- चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै अनशनरत डा.गोबिन्द केसीको समर्थनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले दीप प्रज्वलन गरेका छन्।
सेभ डाक्टर केसी भन्दै उनीहरुले डा केसीका माग सम्बोधन गरी उनको जीवन रक्षा गर्न माग गर्दै दीप प्रज्वलन गरेको प्रतिष्ठानका डा भुमेश काफ्लेले बताए । उनीहरुले केसीको जीवन रक्षााका लागि नैतिक समर्थन स्वरुप अस्पताल परिसरमा दीप प्रज्वलन गरेका हुन्।
आमरण अनशनका कारण डा. केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको भए पनि सरकारले माग सम्बोधन गर्न तर्फ चासो देखाएको छैन । उता देशभरका चिकित्सकहरु डा. केसीको समर्थनमा आन्दोलनमा उत्रिएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?