सैनामैनामा सर्पदंश उपचार केन्द्र बन्दै
रूपन्देही : सैनामैना नगरपालिका– १० स्थित बनकट्टीमा सर्पदंशसहित अन्य रोगको उपचार केन्द्र निर्माण भएको छ। उपचार केन्द्रको ९० प्रतिशत काम पूरा भएको व्यवस्थापन समितिका अध्यक्ष मीनप्रसाद घिमिरेले बताए।
एक करोड रुपैयाँभन्दा बढीको लागतमा निर्माण हुन लागेको उपचार केन्द्रका लागि महायज्ञबाट ७४ लाख रुपैयाँ संकलन भएको थियो। यस्तै सैनामैना नगरपालिकाबाट २० लाख, कञ्चन गाउपालिकबाट पाँच लाख र गैंडहवा गाउँपालिकाबाट दुई लाख ५० हजार रुपैयाँ प्रदान गरिएको थियो।
रूपन्देही, कपिलवस्तु, नवलपरासी लगायतका क्षेत्रमा विषालु सर्पको डसाइबाट बर्सेनि धेरै जनाकाे ज्यान जाने गरेको छ। नगरप्रमुख चित्रबहादुर कार्कीले यो केन्द्रको निर्माण पछि उपचारका लागि बुटवल जानुपर्ने अवस्थाकाे अन्त्य हुने बताए। नेपाली सेनासँगको समन्वयमा उपचार केन्द्र स्थापना हुन लागेको र सेनासँगको सहकार्यबाट उपचार सेवालाई निरन्तर र दिगो बनाउने उनकाे भनाइ छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण