चिकित्सा शिक्षा विधेयक : संसदमा दोस्रोपटक पेश हुँदै
काठमाडौं : सरकारले चिकित्सा शिक्षा विधेयक दोस्रो पटक बिहीबार संसदमा पेश गर्दैछ। शिक्षा मन्त्रालयले गत शुक्रबार संसदमा दर्ता गराएको विधेयक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बिहीबारको बैठकमा पेश गर्ने कार्यसूची छ।
राष्ट्रपतिबाट वैशाख १३ मा जारी अध्यादेश निष्क्रिय भएपछि सरकारले पुनः नयाँ प्रक्रियाबाट नयाँ विधेयक अघि बढाएको हो। अध्यादेश निष्क्रिय हुनु पाँच दिनअघि गत असार १५ गते सरकारले प्रतिस्थापन विधेयक संसदमा दर्ता गरे पनि असार १७ को बैठकमा कांग्रेसले विरोध जनाएपछि अघि बढ्न सकेको थिएन। संसदमा विधेयक पेश गरेपछि यसमाथि सैद्धान्तिक बहस हुनेछ भने सांसदहरूले संशोधन दर्ता गराउन सक्नेछन्।
डा. गोविन्द केसी अध्यादेशमा भएको व्यवस्था हुबहु विधेयकमा राख्नुपर्ने मागसहित जुम्लामा अनशनरत छन्।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य