Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

स्वास्थ्यका लागि लाभदायक सखरखण्ड

स्वास्थ्यका लागि लाभदायक सखरखण्ड

सखरखण्ड ठूली एकादशी र कार्तिक शुक्ल पूर्णिमाकाे खाद्यपदार्थ। सनातन धर्ममा हरिशयनी एकादशीका दिन दिनभर व्रत बसेर तुलसीलार्इ चढार्इ  प्रसादका रूपमा सखरखण्ड खाने चलन छ।

नेवारी परम्पराअनुसार कार्तिक शुक्ल पूर्णिमा अर्थात् सकिमना पुन्हि (शुक्रबार) का दिन पनि पिँडालु, सखरखण्ड जस्ता कन्दमूल इष्टदेवलार्इ चढाएर खाने चलन छ।

सखरखण्ड खाइयाे भने धेरैबेरसम्म भोक लाग्दैन भन्ने तपाइँ हामीले जानेकै कुरा हाे तर स्वास्थ्यका लागि समेत याे उपयाेगी छ भन्ने कमैले मात्र जानेका छन्।

जापानका अनुसन्धानकर्ताहरूले पानीमा सखरखण्ड उमालेर खाँदा स्वास्थ्यलाई फाइदा पुग्ने बताएका छन्। अझ सफा गरी पखालेर सखरखण्ड उमालेकाे पानी नै पिउँदा पनि राम्रो हुन्छ ।

सखरखण्डमा हुने प्रोटिन पानीमा लामो समयसम्म बस्ने हुनाले सखरखण्ड उमालेको पानी पिउनु लाभदायक हुन्छ ।

तौल घटाउनु छ भने सखरखण्ड नियमित रूपमा खानु उपयुक्त हुन्छ। सखरखण्ड उमालेको पानी पनि नियमित खाने सल्लाह दिइएकाे छ।