Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

अन्तर्राष्ट्रिय स्तरकाे अस्पतालमा छैन पार्किङ स्थल, दिनहुँ सयौँ सेवाग्राहीबाट असुलिन्छ हजाराैँ रूपैयाँ

अन्तर्राष्ट्रिय स्तरकाे अस्पतालमा छैन पार्किङ स्थल, दिनहुँ सयौँ सेवाग्राहीबाट असुलिन्छ हजाराैँ रूपैयाँ

काठमाडाैं : अन्तर्राष्ट्रिय स्तरको अस्पतालमा आफ्नै पार्किङ छैन भन्दा तपाइँलाई अचम्म लाग्न सक्छ। तर अचम्म नमान्नुस् सरकारले अन्तर्राष्ट्रियस्तरको भनेर मान्यता दिएको काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेसलन हस्पिटलको आफ्नै पार्किङ स्थल छैन।

नेपालकै महँगा अस्पतालहरूमध्येको एक नर्भिकमा दैनिक सयाैँको संख्यामा मानिस उपचार र ‘फलाेअप’का लागि गर्छन्। अस्पतालमा सेवा लिन पुगेकाहरू सँगै जोडिएको खाली स्थानमा अरुले नै सञ्चालन गरेको पार्किङस्थलमा सवारी साधन राख्न बाध्य छन्। यहाँ मोटरसाइकल पार्किङका लागि प्रतिघण्टा १० र अन्य सवारी साधनका लागि २५ रुपैयाँ लिने गरिएको छ।

अस्पतालले सवारी साधन पार्किङस्थल सञ्चालनका लागि निजी क्षेत्रलाई जिम्मा दिएको छ। नर्भिकका अनुसार आफूसँग पार्किङस्थल गर्ने स्थान नरहेकाले अरुलाई नै जिम्मा दिएको हो। अब प्रश्न उठ्छ, पार्किङका लागि ठाउँ नै नभएको अस्पतालले कसरी मान्यता पायो? के अस्पताल सञ्चालनका लागि पार्किङ स्थल अनिवार्य मानिँदैन?

पार्किङ स्थलका सञ्चालक भने सर्वसाधारणको गाडीको सुरक्षाका लागि यसरी रकम लिने गरेको बताउँछन्। आफूले अस्पतालसँगको सहकार्यमा पार्किङ सञ्चालन गरेको उनको भनाइ छ। तर उनी हामीसँग क्यामेरामा भने बाेल्न मानेनन्। पार्किङको रकम कसरी निर्धारण गरियो भन्ने खुलाउन पनि चाहेनन्।

यस अस्पतालमा यसरी असुल्ने गरेको रकमले त्यहाँ राखिएका सवारी साधनकाे सुरक्षा हाेला त? हामीलार्इ जिज्ञासा लाग्याे। यसकाे अर्थ पार्किङ शुल्क नलिने अरू अस्पतालमा सवारीसाधन असुरक्षा हुने भन्ने हाे?

नर्भिकजस्तै काठमाडाैंका ठूला र महँगा अस्पतालहरूकाे अाफ्नै  पार्किङ स्थल छैन। उनीहरूले यसकाे जिम्मेवारी अरूलार्इ दिएर सर्वसाधारणमाथि ब्रह्मलुट मच्चाइरहेका छन्। उपचारका लागि अाउने सर्वसाधारणसँग थप रकम असुल्न अस्पतालले निकाल्ने विभिन्न बहानाबारे नियमनकारी निकाय भने माैन छ।