क्यान्सर उपचारमा फिजियोथेरापीको महत्व (भिडियोसहित)

राजेन्द्र खत्री, कन्सल्टेन्ट फिजियोथेरापिस्ट
फिजियोथेरापी एक औषधि बिना उपचार गर्ने विधि हो । अरु विभिन्न किसिमका विद्युतीय उपकरण, मसाज, आदि विधि प्रयोगद्धारा गरिने उपचार विधिलाई फिजियोथेरापी भनिन्छ । क्यान्सर रोगमा फिजियोथेरापी अति नै आवश्यक हुन्छ । क्यान्सर हुँदा वा शल्यक्रिया गर्नु अगाडी वा पछाडी फिजियोको भूमिका महत्वपूर्ण हुन्छ । शल्यक्रिया गर्दा बिरामीलाई लठ्याउने औषधि दिइन्छ । यसले बिरामीको शरीरमा असर गर्न सक्छ । चेस्टमा समस्या आएर श्वास नलीमा समस्या देखिन सक्छ । त्यसैले उनीहरुलाई हामी एक्सरसाइजहरु सिकाउँछौं । यस्तो एक्सरराइजले बिरामीलाई पहिलैकै अवस्थामा फर्किन सजिलो हुन्छ । जस्तै: क्यान्सर भएर मुखको शल्यक्रिया गरिएको छ भने सब टिस्युहरु मोबिलाइज गराउनुपर्छ । नभए र्यालहरु आइरहने हुनसक्छ । बोल्न नसक्ने हुनसक्छ ।
स्तनको शल्यक्रिया गरिएको छ भने लिफ नटहरु काटिएको हुन्छ । हातहरु चलाइरहनुपर्छ । नभए फ्रोजन सोल्जर हुनसक्छ । । हातहरु सुन्निने हुनसक्छ । कसरी सुत्ने कुन साइडमा सुत्नु राम्रो हुन्छ सबै एक्सरराइजहरु सिकाउँछौं । पाठेघरको क्यान्सरको शल्यक्रियामा पनि एक्सरसाइजहरु जरुरी हुन्छ । ब्रेनको शल्यक्रियामा त झनै लामोसमयसम्म फिजियोथेरापी चाहिन्छ । यसरी हरेक क्यान्सर उपचारमा बिरामीलाई निको पार्न फिजियोको भूमिका महत्वपूर्ण भूमिका रहन्छ ।
फिजियोले अस्पतालमा भर्ना भएका बिरामीलाई मात्र नभएर बाहिरबाट आउने अन्य रोगका सबै बिरामीलाई उपचार गरिन्छ । जसरी मानव शरीरमा मुटुको भूमिका ठूलो हुन्छ त्यसैगरी अस्पतालमा फिजियोको भूमिका पनि अति नै महत्वपूर्ण हुन्छ ।
प्राय धेरै रोगहरुमा फिजियो उपचार पद्धतिको प्रयोग गर्न सकिन्छ । यस्तो उपचार गर्दा नकारात्मक भन्दा सकारात्मक प्रभाव हुन्छ । केही शरीरमा मेटालिक इम्प्लान्ट राखिएको अवस्थामा भने विद्युतीय उपकरण प्रयोग गरेर फिजियो गर्न मिल्दैन । जुन फिजियोथेरापिस्टले सल्लाह दिन्छन । यसमा विभिन्न किसिमका शारीरिक व्यायाम र हातबाट हुने उपचार विधि अपनाइन्छ । यस अस्पतालले सुरु देखिन नै फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ । बिरामीले पनि यो सेवाबाट धेरै नै फाइदा लिन सकेका छन्। फिजियोथेरापीमा पनि नयाँ नयाँ उपचार विधिहरु र प्रविधि आएका छन् ती सबै विधि प्रयोग गर्दै हामीले उत्कृष्ट सेवा दिइरहेका छौं । जसले गर्दा रोग छिटो निको हुन सहयोग पुगिरहेको छ ।
(कन्सल्टेन्ट फिजियोथेरापिस्ट राजेन्द्र खत्री नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरमा कार्यरत छन् ।)
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै