निजी प्रयोगशालाले घरमा गएर स्वाब संकलन गर्न नपाउने

निजी प्रयोगशालाले घरमा गएर स्वाब संकलन गर्न नपाउने

हेल्थ टिभी अनलाइन \काठमाडौं : टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पीसीआर परीक्षणको अनुमति पाएका प्रयोगशालाहरुले घरमा गएर स्वाब संकलन गर्न नपाउने बताएको छ ।

प्रयोगशालाले सूचना जारी गर्दै कोरोना छ छैन् भन्ने पत्ता लगाउन चाहने सबै जनाले अनिवार्य तोकिएको स्वास्थ्य संस्थामा नै गएर स्वाब दिन पर्ने जनाएको हो । सूचनामा घरमा गएर स्वाब संकलन नगर्न र नगराउनुहुन निजी प्रयोगशालाहरुलाई अनुरोध गरिएको छ ।

यसैगरी केही दिन यता केही स्वास्थ्य संस्थामा पीसीआर परीक्षणका लागि सरकारले तोकेको ५ हजार ५ सय रुपैयाँ भन्दा बढी रकम लिएको सूचना आएको भन्दै प्रयोगशालाले सरकारले तोकेको भन्दा बढी रकम नदिन सर्वसाधारणलाई अपिल गरेको छ । तर स्वाब संकलन गर्ने मात्र अनुमति पाएका स्वास्थ्य संस्थाको हकमा भने सेवा शुल्क बापत लाग्ने खर्चको १० प्रतिशत थप रकम लिन पाइने पनि सूचनामा जनाइएको छ ।

यदि कसैले तोकेको भन्दा बढी रकम लिएको पाएमा तुरुन्त जनस्वास्थ्य प्रयोगशालामा जानकारी गराउन पनि सर्वसाधारणलाई आग्रह गरिएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?