दुखाइ कम गर्ने लेजर थेरापी उपचार
लेजर भनेको एक प्रकारको विकिरण हो। विकिरणबाट उपचार गरिने चाहिं लेजर थेरापी उपचार हो। यो प्रविधि अल्बट आइन्सटाइनले विकास गरेका हुन। बिग्रेको कोषिकाहरूलाई पुनर्जीवन दिन लेजर उपचार पद्धतिको प्रयोग गरिन्छ।
लेजर उपचार विधिलाई हिलिङ थेरापीसमेत भनिन्छ। यसको प्रयोग मूख्यतः शरीरका विभिन्न भागमा हुने दुखाई, जलन, नसा च्यापिएका,मांसपेशीमा भएको दुखाइ कम गर्न उपयोगी ठानिन्छ। यस विधिमा लेजर लाइटको खास प्रयोग हुन्छ जुन दुखाइयुक्त स्थानमा टार्गेट गरी उपकरणको माध्यमबाट प्रकाश पार्ने गरिन्छ। त्यसैले यसलाई टार्गेट पद्धति समेत भन्ने गरिन्छ। लेजर विकिरणले रोग लागेका अंगलाई सेकाएर उपचार गर्छ। त्यो विकिरण छालाको माध्यमबाट भित्रि अंगसम्म पुगेर टिस्यू हिलिङको काम गर्छ जसले गर्दा रोगी अंग निको हुन्छ।
यसमा कम शक्तिको विकिरणबाट सेकेर विभिन्न सयौं प्रकारका रोगहरुको उपचार गर्न सकिन्छ। यसको प्रयोगमा कुनै पनि साइड इफेक्ट हुँदैन। यो आयुर्वेदिक होमियोप्याथिक र एलोपेथिक उपचारसँगै एकै समयमा प्रयोग गर्न सकिन्छ।विकिरणको सेकाइबाट कोषिकालाई नयाँ जीवन दिन्छ।र रोगलाई निको बनाउँछ । हामीकहाँ चाहिं शुरुमै भन्दा पनि अरु ठाउँमा उपचार गरेर थाकेर आउने धेरै छन्। लेजर विकिरणबाट यस्ता बिरामी धेरै निको भएका छन्। ढाड दुखेर उठ्नै नसक्ने बिरामी पनि तेस्रो दिनमा नै बिस्तारै उठेर जाने गर्छन । नयाँ दुखाइमा एक कोर्षले नै काम गर्छ भने का्रेनिक अर्थात लामो समयदेखि दुखाइ भएका बिरामीलाई चाहिं तीन चार कोष दिन्छौं । एक कोर्षमा १० दिन हुन्छ ।
लेजर थेरापीमा लेजर मेसिनबाट निस्केको विकिरणलाई धेरै गुणा बढाएर एकै ठाउँमा पर्ने गरी गहिराइसम्म सेक्ने काम गर्छ, जसले गर्दा दुखाइ कम हुन्छ। सुन्निएको ठीक हुन्छ। रक्तसञ्चालन सक्रिय गराई अंगको कोषिका र तन्तुलाई नयाँ जीवन दिन्छ र रोग बिस्तारै निको हुन्छ।
आँखाबाहेक सबै अंगहरुमा लेजर उपचार गर्न सकिन्छ । सबैभन्दा बढी दुखाइ र छालाको रोगमा प्रभावकारी हुन्छ । बाथ, हड्डी खिइनु, हाडजोर्नी नशामा हुने समस्या, पेट, आन्द्रा, नसा, पिसाब र मूत्रनली, स्त्री, नाक, कान, घाँटी र अन्य छालासम्बन्धी रोगहरूको पनि उपचार गर्न सकिन्छ। बिना शल्यक्रिया उपचारगरिने भएकाले यसमा डराउनु पर्दैन । कोर्ष कति दिन दिने भन्ने चाहिं रोगमा भर पर्छ । जटिल भन्दा जटिल रोग पनि निको भएका उदाहरण छन्। लामो समयसम्म कडा औषधिको प्रयोगले पेट र मिर्गौलामा खराब गर्न सक्छ र उपचार गर्दा गर्दै रोग बिग्रिन सक्छ। त्यसैले लेजर थेरापीबाट उपचार गरेमा यी खराबीबाट बच्न सकिन्छ र रोग पूर्णरूपमा निको हुन्छ।
भिडियाे :




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य