डेंगुको उपचारमा मेवाको पातको रस

डेंगुको उपचारमा मेवाको पातको रस

अहिले डेंगुको महामरी देशभर नै छ। तीन महिनायता चार हजार बढी  मानिस यसबाट प्रभावित भइसकेका छन्।

डेंगु एक प्रकारको ज्वरो हो। यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। डेंगुको भाइरसद्वारा संक्रमित ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेले यो रोग सार्छ। यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइन्छ।

डेंगु ज्वरोको मुख्य लक्षण

एक्कासी उच्च ज्वरो आउनु। यो ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ । ज्वरोका साथै यी लक्षणहरू पनि देखा पर्छन्,

असाध्यै टाउको दुख्ने

आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने

ढाड र जोर्नी तथा मांसापेशी दुख्ने

शरीरमा बिमिरा आउने

वाकवाकी लाग्ने

पेट दुख्ने

नाक वा गिजाबाट रगत बग्ने

रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।

मेवाकाे पातकाे रसद्वारा उपचार

मेवाको पातको रसको फाइदाकोबारेमा ब्रिटिस मेडिकल जर्नलका विभिन्न जर्नलले प्रमाणित गरिसकेको छ । मेवाको पातको रस डेंगुको उपचारका लागि निकै लाभदायक मानिन्छ। यसकोे केही मात्रा सेवनले यो रोगमा धेरै फाइदा पुग्छ।

यसले ज्वरोको अवधि घटाएर सेतो रक्तकोषका साथै ‘प्लेटलेट’ बढाउँछ। प्रतिरोधात्मक शक्ति बढाउँछ। डेंगु ज्वरोसँगै एन एस १ अन्टिजिन डाइग्नोसिस भएको दिनबाटै एलोपेथिक औषधिसँगै यसकोे प्रयोग गर्न पनि सकिन्छ। मेवाको पातको रसले मात्र पनि धेरै फाइदा पुग्छ।

कसरी बनाउने?

ताजा ५० ग्राम मेवाको पात लिएर सफा पानीले पखाल्ने।

उमालेको चिसो ५० मिलिलिटर पानीमा मिलाएर मिक्सरमा पिस्ने।

डल्लो बनाएर ३० मिनेट राख्ने राख्ने

हत्केलाले निचोरेर रस निकाल्ने अनि प्रयोग गर्ने

यसलाई फ्रिजमा राख्दा २४ घण्टासम्म प्रयोग गर्न सकिन्छ।

यसको मात्रा बच्चालाई ५ देखि १० मिलिलिटर ३ पटक (खाना खानुअघि) दिनुपर्छ। वयस्क व्यक्तिले ३ पटक ३० मिलिलिटरका दरले तीनपटक लिन सक्छन्।

रोग लागेर उपचारमा लाग्नुभन्दा रोग लाग्नै नदिनु बुद्धिमानी हो। डेंगुबाट बच्न यस्ता सावधानी अपनाउनु पर्छ।

डेंगुबाट बच्ने उपाय

घर वरिपरी जथाभावी पानी जम्मा हुन नदिने

घरआँगनका खाडलहरू पुर्ने

पानी राख्ने भाँडा राम्रोसँग छोपेर राख्ने

सुत्ने वेला झुल प्रयोग गर्ने

घरका झ्यालढोकामा जाली लगाउने

नरिवल, भटमास, निम वा लेभेण्डर तेल शरीरका खुला भागमा लगाउने गर्नाले पनि लामखुट्टे, उडुस र उपियाँ जस्ता किटाणुले टोक्न सक्दैनन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

होली खेल्दा के कुरामा ध्यान दिने ?

होली खेल्दा के कुरामा ध्यान दिने ?