यसपालि दशैँकाे उपहार : सबै अामा दिदीबहिनीकाे स्तनजाँच

अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाको रूपमा मनाइन्छ। यो महिनाभर विभिन्न जनचेतामूलक कार्यक्रम पनि भइरहेका छन्। अमेरिकामा एउटा अस्पतालमा कार्यरत एक नर्सलाई स्तन क्यान्सर भएपछि सोबारे जानकारी दिन अस्पतालले शुरु गरेको यो अभियान अहिले सबैले अवलम्बन गरिरहेका छन्।
महिलामा सबैभन्दा बढी हुने स्तन क्यान्सर रोकथाम गर्न हामीसँग ठोस त्यस्तो कुनै सूत्र छैन। यसलाई रोक्ने एउटा मात्र उपाय भनेको बेलैमा सचेत हुनु हो। यसका साथै जति छिटो स्तन क्यान्सर पत्ता लगाउन सक्यो त्यति नै सजिलो उपचार राम्रो हुन्छ। त्यसलै पनि बेला बेलामा स्तन जाँच गर्नु नै उत्तम उपाय हुन्छ।
स्तन क्यान्सर दुई तरिकाले थाहा पाउन सकिन्छ।
स्तनको जाँच घरमा आफैँले पनि गर्न सकिन्छ। महिनावारी भएको पहिलो हप्तामा ऐना अगाडि बसेर स्तनमा केही परिवर्तन आए नआएको हेर्न सकिन्छ। शंका लागे एकपटक डाक्टरलाई देखाएर क्यान्सर भए नभएको पत्ता लगाउन सकिन्छ।
आफैँले परीक्षण गर्दा स्तनमा गिर्खा छन्, स्तनको रङ परिवर्तन भएको छ वा स्तनबाट पिप आएको छ भने तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ। यसका साथै ४० वर्ष काटेपछि प्रत्येक महिलाले ‘मेमोग्राम’ गराउँदा स्तन क्यान्सर हुनबाट बेलैमा बच्न सकिन्छ। यस्तो गर्दा शुरुमै पत्ता लाग्छ र उपचार पनि सहज रूपमा हुन्छ। यदि केही लक्षण छन् भने लाज नमानी, रोग नलुकाई तुरुन्त चिकित्सकसँग परामर्श लिनुपर्छ।
अरु क्यान्सर स्टेज एकबाट शुरु हुन्छन् तर, स्तन क्यान्सर भने शून्यबाट शुरु हुन्छ। ‘स्टेज जिरो’मा क्यान्सर पत्ता लागे शतप्रतिशत निको पार्न सकिन्छ। स्टेज जिरो भनेको क्यान्सर जहाँबाट शुरु भएको हो त्यही ठाउँमा मात्र हुनु हो। यो अवस्थामा यताउता फैलिएको हुँदैन। स्टेज बढ्दै गएपछि उपचार पनि जटिल बन्दै जान्छ। स्तन क्यान्सर उपचारमा तीन तरिका अपनाइन्छ– शल्यक्रिया, केमोथेरापी र रेडियोथरापी।
बिरामीको अवस्था हेरेर तीनवटै उपचार गर्नुपर्ने पनि हुनसक्छ। शुरुकै अवस्थामा शल्यक्रिया मात्रले पनि काम गर्छ। जति प्रारम्भिक अवस्थामा पत्ता लाग्यो उपचार पनि राम्रो हुन्छ र खर्च पनि कम हुन्छ। हामीले अहिले महिलाको स्तन बचाएर क्यान्सरको शल्यक्रिया गरिरहेका छौँ। उपचार गरेर मात्र हुँदैन महिलाको स्तन पनि बचाउन जरुरी छ।
बिरामीले चाहेको खण्डमा शरीरको अन्य भागबाट मासु ल्याएर ‘रिकन्सट्रक्सन’ गर्न सकिन्छ। कुनै पनि महिलाले स्तनबिना आफूलाई पूर्ण नमान्ने भएकाले हामीले उनलाई मात्र बचाउने होइन स्तन पनि बचाएर उनको आत्मसम्मान पनि जाेगाउनुपर्छ भनेर यो शल्यक्रिया गरिरहका छौँ। यसको परिणाम असाध्यै राम्रो छ।
आफैँले परीक्षण गर्दा स्तनमा गिर्खा छन्, स्तनको रङ परिवर्तन भएको छ वा स्तनबाट पिप आएको छ भने तुरुन्त चिकित्सकलाई देखाउनुपर्छ। यसका साथै ४० वर्ष काटेपछि प्रत्येक महिलाले ‘मेमोग्राम’ गराउँदा स्तन क्यान्सर हुनबाट बेलैमा बच्न सकिन्छ। यस्तो गर्दा शुरुमै पत्ता लाग्छ र उपचार पनि सहज रूपमा हुन्छ। यदि केही लक्षण छन् भने लाज नमानी, रोग नलुकाई तुरुन्त चिकित्सकसँग परामर्श लिनुपर्छ।
जोखिममा को छ त ?
स्तन क्यान्सर केले गराउँछ भन्ने अहिलेसम्म पत्ता लागेको छैन। तर यसलाई बढाउनका लागि केही कारक तत्त्वहरु छन्। पहिलो परिवर्तन गर्न सकिने कारण र दोस्रो परिवर्तन गर्न नसकिने कारण।
मद्यपान धूमपान, ढिलो विवाह ढिलो बच्चा जन्माउने, हर्मोनल औषधिको धेरै प्रयोग यी परिवर्तन गर्न सकिने कारणभित्र पर्छन्।
उमेरसँगै आउने क्यान्सरलनई हामीले परिवर्तन गर्न सक्दैनौँ। १२ वर्षअघि महिनावारी शुरु भएर ५० वर्षसम्म भइरहने महिलामा स्तन क्यान्सर हुने जोखिम बढी हुन्छ। परिवारमा कसैलाई स्तन क्यान्सर छ वा थियाे भने त्यस्ता व्यक्ति पनि जोखिममा हुन्छन्। यस्ता व्यक्ति बढी चनाखो हुनुपर्छ।
अक्टोबर महिनामा स्तन क्यान्सर जनचेतना जगाउने महिना पनि हो भने अर्कोतर्फ यही महिनामा नेपालीहरूको महान् चाड दशैँ पनि पर्छ। यो खुशीयालीमा आफ्नो हामीले आफ्ना आमा दिदीबहिनी, श्रीमतीको स्तन जाँच गराएर उनीहरूलाई दशैँको उपहार दिन सक्छौँ। योभन्दा ठूलो उपहार उनीहरूका लागि अरु केही हुनै सक्दैन। आफैँबाट शुरु गरौँ र यही दशैँबाट शुरु गरौँ।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै