गर्मीमा ‘लू’ बाट कसरी बच्ने ?
हेल्थ टिभी अनलाइन \काठमाडौं : केही दिन यता देशभरका तराई क्षेत्रमा प्रचन्ड गर्मी हुन थालेको छ । योसँगै तराई क्षेत्रमा तातो हावा चल्न समेत सुरु भएको छ , जसलाई लू भनिन्छ । यो बेलाको तातो हावाले विभिन्न स्वास्थ्य समस्याहरुा निम्त्याउने गर्छ । त्यसैले यो तातो हावाबाट जोगिन जरुरी हुन्छ । त्यसका लागि केही उपायहरु अपनाउन सकिन्छ ।
-यो बेला दिउँसो सकेसम्म घरबाट बाहिर ननिस्कने ।
-अत्यावश्यक परेर निस्कनै परेमा अनिवार्य छाताको प्रयोग गर्ने ।
-सिजनल फलफूलको रस तथा पानी प्रसस्त पिउने ।
-आवश्यक परेमा जीवनजल पनि पिउन सकिन्छ ।
-दैनिक चिसो पानीले नुहाउने ।
-खेतबारीमा काम भएमा सकेसम्म बिहान र बेलुका मात्र गर्ने ।
-चिया, कफी, सोडा जस्ता गर्मी गराउने पेय पदार्थ नपिउने ।
-मदिरा सेवन नगर्ने ।
-चिनीको मात्रा बढी भएका पेय पदार्थ बढी नपिउने ।
माधवकुमार नेपालको मुटुमा समस्या आएपछि एन्जिओप्लास्टी गरियो
कुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुुपर्छ : प्रधानमन्त्री
अब स्वास्थ्य बीमाको नवीकरण अनलाइनबाटै गर्न सकिने
चिकित्सक विदेशिने क्रम बढ्नु चिन्ताको विषय हो : राष्ट्रपति पौडेल
विशिष्टिकृत स्वास्थ्य सेवा विस्तार हुँदै