गर्भावस्थामा किन हुन्छ मधुमेह ? कसरी जोगिने ?
गर्भावस्थामा देखा पर्ने मधुमेहलाई ‘जेस्चेसनल डाइबेटिज’ भनिन्छ । यसै पनि गर्भावस्था महिलाहरुका लागि विशेष अवस्था हो । यो बेला महिलाको शरीरमा हर्मोनमा निकै परिवर्तन आउँछ । जसले गर्दा सुगर लेबल बढ्ने तथा इन्सुलिनले काम नगर्ने हुनसक्छ । नयाँ अनुभवले महिलाहरु बढी प्रेसरमा पनि हुने गर्छन । त्यसले पनि सुगर लेबल बढाइरहेको हुन्छ । अर्को पेटमा बच्चा आइसकेपछि दुई जनाको लागि खानुपर्छ भनेर घर परिवारका सदस्यले अलि बढी नै खानेकुरा खानका लागि दबाब दिन्छन् । यसले पनि सुगर बढी भएर मधुमेह हुन जान्छ ।
महिलाको शरीरमा गर्भावस्थाका क्रममा विभिन्न हर्मोनमा वृद्धि हुन्छ । जसले गर्दा उनीहरुको शरीरमा कैयौं परिवर्तनहरु आउने गर्छन । यही हर्मोन बढ्नाले नै शरीरमा सुगरको मात्रा समेत बढ्ने गर्छ । योसँगै खाना खाइसकेपछि प्रयाप्त मात्रामा व्याायाम गर्न नमिल्दा खाएको खानेकुरा सबै शक्तिमा परिवर्तन हुन सक्दैन् र मोटोपन बढ्न जान्छ र मधुमेह देखा पर्छ । खासगरी गर्भवती भएको तेस्रो महिनापछि मधुमेह देखिने गर्छ ।
कुनै पनि महिलालाई गर्भावस्थामा मधुमेह देखिन सक्छ । त्यसमा पनि विशेषगरी, ३० वर्ष भन्दा बढी उमेरका महिला, परिवारमा पहिले कसैलाई मधुमेह भएमा, पहिले पनि गर्भावस्थामा मधुमेह देखिएको भएमा वा गर्भावस्थामा बढी मोटोपन भएमा त्यस्ता महिलालाई गर्भावस्थामा मधुमेह हुने जोखिम उच्च हुन्छ ।
यो बेला मधुमेह देखिनु आफैमा जोखिमपूर्ण हुन्छ नै बच्चालाई पनि असर गर्न सक्छ । त्यसैले यो बेला चिकित्सकको विशेष निगरानीमा जीवनशैली परिवर्तन गरेर हुन्छ की अौषधिको सेवन गरेर वा इन्सुलिन लगाएर कसरी सुगर नियन्त्रण गर्ने गर्नुपर्छ। महिलाको सुगर लेबलको आधारमा चिकित्सकले के गर्ने सल्लाह दिन्छन्। जे गरेर भए पनि सुगर नियन्त्रण गरेर मात्र बच्चालाई जन्म दिनुपर्छ अन्यथा अनेकाैं जटिलता आउन सक्छन्।
गर्भावस्थामा देखिने विशेष अवस्थामा आएको मधुमेह भएकाले यो बच्चा जन्मेको १ देखि २ महिनामा आफै हराएर जाने हुन्छ । गर्भावस्थामा मधुमेह भएका ९० प्रतिशत महिलामा बच्चाको जन्मपछि आफै सुगर हराएर जान्छ । तर १० प्रतिशतमा भने उक्त मधुमेह टाइप २ डाइबेटिजमा परिवर्तन हुनपुग्छ ।
डा सुकान्ति शाह, मधुमेह राेग विशेषज्ञ
कुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुुपर्छ : प्रधानमन्त्री
अब स्वास्थ्य बीमाको नवीकरण अनलाइनबाटै गर्न सकिने
चिकित्सक विदेशिने क्रम बढ्नु चिन्ताको विषय हो : राष्ट्रपति पौडेल
विशिष्टिकृत स्वास्थ्य सेवा विस्तार हुँदै
डा सविना र डा शैलेशको नयाँ गित ‘चाहना बेग्लै छ’ सार्वजनिक