‘प्रि हस्पिटल केयर भनेको एम्बुलेन्स वा हेलिकोप्टरमा बिरामी ओसारपोसार गर्ने मात्र हैन्’

हेल्थ टिभी अनलाइन\ काठमाडौं : बिरामीले अस्पताल पुग्नुअघि अस्पताल बाहिर एम्बुलेन्स वा हेलिकाेप्टरमा दक्ष स्वास्थ्यकर्मीबाट पाउने आकस्मिक सेवा हो । बिरामी ओसारपसार गरेर मात्र प्रि हस्पिटल केयर हुँदैन । प्रि हस्पिटल केयरमा अनिवार्य मेडिकल टिम पनि हुनुपर्छ । कुनै स्थानमा विभिन्न कारणले हुने दुर्घटना वा प्राकृतिक प्रकोप वा भाैगाेलिक जटिलताका कारण वा अन्य जुनसुकै कारणले बिरामीलाई बचाउन एम्बुलेन्स वा हेलिकोप्टरको सेवा चाहिन सक्छ । त्यस्तो अवस्थामा बिरामीको अवस्था हेरेर त्यही अनुसारको स्वास्थ्यकर्मीसहितको मेडिकल टोली उक्त स्थानमा पुगेर उनीहरुको उद्धार गर्नुपर्ने हुन्छ । तर धेरै जनालाई प्रि हस्पिटल केयर भनेको थाहा नै छैन् । यसलाई मानिस बिरामी भएपछि ओसारपोसार गर्ने सर्भिस मात्र भनेर बुझेको पाइन्छ । जुन गलत हो ।
प्रि हस्पिटल केयर भनेको बिरामीले प्राप्त गर्ने आकस्मिक उपचार हो जुन सामान्यतया आपतकालिन मेडिकल टिमद्वारा अस्पताल पुग्न अघिको समयमा एम्बुलेन्समा वा हेलिकोप्टरमा गरिन्छ । प्रि हस्पिटल केयरको कन्सेप्ट नेपालमा अहिले निकै फस्टाएको छ । तर अझै पनि धेरै जनालाई यसको खास विशेषता के हो भन्ने कुरा थाहा नभए जस्तो लाग्छ । कोही बिरामी भए वा दुर्घटनामा परेमा उक्त व्यक्तिको उपचारका लागि उद्धार गर्न पर्यो भने सिधै एम्बुलेन्स वा हेलिकोप्टर बोलाएको देखिन्छ । तर त्यसमा को को आउँछन् ? के सेवा हुन्छ ? मेडिकल टिम हुन्छ की हुँदैन जस्ता कुरा सोधेको पाइँदैन । यो कुरा बिरामी पार्टीले बुझ्नु पर्छ । यो त्यही सर्भिसभित्र पर्ने कुरा हो भने यसरी मेडिकल टिम नै जाँदा बिरामीको तत्काल देखिएका समस्या समाधान गर्दै बिरामीलाई अस्पतालसम्म ल्याउन सकिन्छ । जसका कारण बिरामीमा कम क्षति हुन्छ ।
प्रि हस्पिटल केयर भनेको बिरामीले प्राप्त गर्ने आकस्मिक उपचार हो जुन सामान्यतया आपतकालिन मेडिकल टिमद्वारा अस्पताल पुग्न अघिको समयमा एम्बुलेन्समा वा हेलिकोप्टरमा गरिन्छ । कहिलेकाहीं एउटा अस्पतालमा सिकिस्त भएर आइसीयू वा भेन्टिलेटरमा रहेको बिरामीलाई सोही अवस्थामा थप उपचारका लागि अर्को अस्पताल पुराउनुपर्ने हुन्छ । त्यस्तो अवस्थामा एकछिन त हो भन्न मिल्दैन । बिरामीलाई एम्बुलेन्स वा हेलिकोप्टरमा आइसीयू भेन्टिलेटरसहितको सेवा व्यवस्था गरेर मेडिकल टिमसहित मात्र एक ठाउँबाट अर्को ठाउँमा सार्न मिल्छ । यस्तो अवस्थामा पनि प्रि हस्पिटल केयर धेरै नै लागू हुन्छ ।
हामीले ह्रयाम्स अस्पतालमा प्रि हस्पिटल केयर सुरु गरेको ३ वर्षभन्दा बढी भइसकेको छ । हाम्रो आफनै हेलिप्याड भएकाले पनि बिरामीको चाप पनि त्यस्तै छ । यो तीन वर्षमा हामीले ५ सय भन्दा बढीको हेलि उद्धार गरिसकेका छौं भने २५ सयभन्दा बढीको एम्बुलेन्स मार्फत सेवा दिएका छौं । हुनत सबैलाई आफूले दिएको सेवा उत्कृष्ट भन्ने लाग्छ । तर पनि म के भन्न सक्छु भने ह्याम्सको सेवा साँच्चिकै बिरामी केन्द्रित छ । हामी प्रि हस्पिटल केयरको लागि कल आएपछि बिरामी वा उद्धार गर्नुपर्नेको सबै डिटेल लिएर सोही अनुसारको मेडिकल टिम तयारी बनाएर मात्र जान्छौं । यसरी आकस्मिक उद्धार गर्नुपर्ने बिरामीलाई ‘अन द स्पट लाइफ सेभिङ ट्रिटमेन्ट’ गरेर अनि मात्र अस्पताल ल्याउनुपर्ने हुन्छ ।
कहिलेकाहीं एउटा अस्पतालमा सिकिस्त भएर आइसीयू वा भेन्टिलेटरमा रहेको बिरामीलाई सोही अवस्थामा थप उपचारका लागि अर्को अस्पताल पुराउनुपर्ने हुन्छ । त्यस्तो अवस्थामा एकछिन त हो भन्न मिल्दैन । बिरामीलाई एम्बुलेन्स वा हेलिकोप्टरमा आइसीयू भेन्टिलेटरसहितको सेवा व्यवस्था गरेर मेडिकल टिमसहित मात्र एक ठाउँबाट अर्को ठाउँमा सार्न मिल्छ । यस्तो अवस्थामा पनि प्रि हस्पिटल केयर धेरै नै लागू हुन्छ ।
कसैको ब्लिडिङ धेरै भइरहेको छ भने त्यसको रोकथाम गरेर मात्र अस्पताल ल्याउनुपर्छ । अन्यथा बिरामीको उद्धार गर्ने क्रममै मृत्यु हुनसक्छ । सबै काम अस्पतालमै गएर गर्छौ भन्यो भने बिरामीको तुरुन्त उपचार नपाएर मृत्यु समेत हुनसक्छ । कतिपयको खुट्टा वा ढाड भाँचिएको हुन्छ जसले अलिकति पनि हल्लीयाे भने वा पोस्चर बिग्रियो भने पछि शल्यक्रिया गरेर पनि मिलाउन नसकिने हुनसक्छ । यसरी सही ढंगले ‘अन द स्पट’ सेवा दिन सकियो भने अहिले भइरहेको ५० प्रतिशत मृत्यु कम गर्न सकिन्छ । यसका लागि बिरामी पक्ष पनि सचेत हुन जरुरी हुन्छ ।
धेरै जसो नेपालमा हुने हेलि रेस्क्युमा पहाडी, हिमाली भेगमा हुने दुर्घटना, हिमाल चढ्ने बेलामा हुने स्वास्थ्य समस्या, जहाँ बाटोघाटोको समस्या बढी छ त्यहाँ हुने गर्छ । एम्बुलेन्सबाट चाहिं बाटो सहज भएका स्थानमा धेरै रेस्क्यु हुने गर्छ । साथै प्राकृतिक प्रकोपमा पनि यस्ताे सेवा बढी चाहिन्छ ।
ह्याम्स अस्पताल त्यस्तो अस्पताल हो जसले कोरोना महामारीका बेला सबै डराएर घर बसेका बेला पनि कोरोना पोजेटिभ बिरामीलाई हेलि रेस्क्यु गरेर ल्याएर आइसीयूमा राखेर बचाएकाे थियो । प्रि हस्पिटल सेवा निकै राम्रो सेवा हो तर यसको अवस्था हेरेर उपभोग गर्न जान्नुपर्छ । यसो गर्न सकियो भने धेरै जनाको ज्यान बचाउन सकिन्छ ।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै