व्यवस्थित शौचालयको प्रयोग, स्वस्थ्य जीवन

दिसा, पिसाब र गन्ध। शौचालयको कुरा आउँदा सबैको दिमागमा शायद यी तीन कुरा नै आउँछ होला। कि शौचालयको कुरा सुन्दा हाँसो उठ्छ? एकछिन आफ्नो हाँसो रोकेर ध्यान दिएर सोचौँ, शौचालय बिनाको जिन्दगी कस्तो होला?
व्यवस्थित शौचालयले जिन्दगी बचाउँछ किनभने मान्छेबाट निस्केको फोहोरले प्राणघातक रोग निम्त्याउँछ। संयुक्त राष्ट्रसंङको अनुसार विश्वभर चार अर्ब ५० करोड मानिस असुरक्षित शौचालयको प्रयोग गर्छन् भने ८९ करोड २० लाख मानिस खुल्लामा दिसापिसाब गर्छन्। खुल्ला र असुरक्षित रूपमा दिसा, पिसाब गर्नाले सामाजिक स्वास्थ्यमा, जीवनशैली, पोषण, शिक्षा र आर्थिक उत्पादकत्वमा नकारात्मक असर गर्ने गरेको छ।
व्यवस्थित रूपमा शौचालयको प्रयोग नगर्नाले वा शौचालयको प्रयोग नै नगर्नाले हाम्रो शरीरबाट बाहिरिएका फोहोरमा भएको प्राणघातक जीवाणुहरू हामीले पिउने पानी, माटो जसमा हाम्रो जिन्दगी निर्भर छ, यी सबै कुरामा संक्रमण भएर हाम्रो स्वास्थ्य बिगारिरहेको हुन्छ।
विश्व शौचालय संगठनको अनुसार ‘डाइरिया’ जस्ता रोगले एड्स, मलेरिया जस्ता रोगलेभन्दा बढी बालबालिकाको मृत्यु हुने गर्छ। युनिसेफको अनुसार २०१३ मा तीन लाख ४० हजार र औसतमा दैनिक एक हजार, ५ वर्ष मुनिका बालबालिकाको सुरक्षित पानी, सरसफाइ र आधारभूत स्वच्छताको कमीले मृत्यु भएको थियो।
ख्याल गरौँ, व्यवस्थित शौचालयको प्रयोग गरी स्वस्थ्य जीवन बिताऔँ।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै