सूर्यबाट भिटामिन ‘डी’ लिने उपयुक्त समय : बिहान १० देखि दिउँसाे २ बजेसम्म

काठमाडौंमा बस्ने हरेक पाँचमध्ये चार जनामा भिटामिन डी को कमी हुने गरेको अनुसन्धानले देखाएको छ। नेपालका अधिकांश ग्रामीण ठाँउमा भिटामिन ‘डी’ भएका खाना नै नपाइने, साथै युरोप तथा अमेरिकामा जस्तो थुप्रै खाद्यपदार्थमा भिटामिन डी थपेर मात्र बेच्न पाइने बाध्यता नेपालमा छैन। यस्ता थुप्रै कारणले हामीमा भिटामिन डीकाे कमी हुँदै गएको छ। भिटामिन डीका लागि बिहानको घाम सबै भन्दा उत्तम छ भन्ने मान्यता पनि पाइन्छ। तर बिहानको घाममा भिटामिन डी एकमदै न्यून पाइने अनुसन्धानले देखाउँछ।
छालामा ‘यूभी बी’ नामक सूर्यका किरणहरू पर्दा भिटामिन डी पैदा हुन्छ। तर बिहान तथा बेलुकाको सूर्यकाे किरणमा यो एकदमै कम हुन्छ। काठमाडौं विश्वकै प्रदूषित शहरमध्येमा पर्दछ। अनुसन्धानहरूलाई हेर्ने हो भने प्रदूषण भएका ठाउँमा यूभी बी किरण छिर्न गाह्रो हुन्छ। साथै एक अनुसन्धानले काठमाडौंमा बिहान सबैभन्दा बढी प्रदूषण हुने देखाएको छ। साधारण प्रदूषणले यूभी बी किरणहरू छिर्न दिँदैन अझ बढी प्रदूषण भएको बेला भिटामिन डी पैदा हुने एकदमै न्युन मात्रामा हुन्छ।
तथ्यहरूलाई हेर्दा काठमाडौं जस्ता शहरमा बिहान बेलुकी घाम तापेर भिटामिन पाउन सकिँदैन वा एकदमै न्युन फाइदा मात्र हुन्छ। एकदमै सफा र प्रदूषणविहीन गाँउघरमा भिटामिन डी पाउन बिहान १० देखि दिउँसो २ बजेको घाम ताप्नु सबैभन्दा उपयुक्त हुन्छ।
तथ्यहरूलाई हेर्दा काठमाडौं जस्ता शहरमा बिहान बेलुकी घाम तापेर भिटामिन पाउन सकिँदैन वा एकदमै न्युन फाइदा मात्र हुन्छ। एकदमै सफा र प्रदूषणविहीन गाँउघरमा भिटामिन डी पाउन बिहान १० देखि दिउँसो २ बजेको घाम ताप्नु सबैभन्दा उपयुक्त हुन्छ।
भिटामिन डीको लागि उपयुक्त समय
भिटामिन डीका लागि दिउँसो १२ को घाम प्रभावकारी मानिन्छ तर, सो समयको घामले चाँडै डढाउन सक्ने भएकाले त्यसबाट बच्नुपर्छ। तर डढाउँछ भनेर ‘सनस्क्रिन क्रिम’ वा लोसन लगाएर भने कहिलै घाम ताप्न हुँदैन।
सामान्यतयः पूरै डढ्ने गरी घाम ताप्नु हुदैन। तर हप्ताको एक दिन नडढ्ने गरी घाम ताप्न सकिन्छ। काठमाडौंमा एक घण्टा घाम ताप्दैमा आम मान्छे डढ्दैन। गोरो वर्ण वा सेतो छाला भएका मानिसले घाम ताप्दा यूभी बी किरणले गर्दा कोषहरू मर्ने र चाँडै डढ्ने हुन्छ। त्यति मात्र होइन, ती व्यक्तिहरूलाई अत्याधिक यूभी बीले गर्दा छालाको क्यान्सर हुने सम्भावना पनि बढी हुन्छ।
प्रदूषणयुक्त वातावरण, बादल लागेको बेला र सिसाबाट पनि यूभी बी किरण छिर्न सक्दैनन्। यसर्थ घाम ताप्दा कपडा खोलेको नांगो छाला र प्रत्यक्ष सूर्यको किरणमुनि बस्न जरुरी छ।
घाम ताप्नै नसक्ने व्यक्तिले भिटामिन डी औषधी खान पनि सक्नुहुन्छ। चिकित्सकको सल्लाहअनुसार दैनिक, हप्ता तथा महिनामा एक पटक खाने वा इन्जेक्टेबल्स पनि प्रयोग गर्न सकिन्छ। तर, भिटामिन डी औषधीले घामको काम गर्ने होइन। घामका थुप्रै फाइदा छन्। तर, भिटामिन डी खाँदा एउटा मात्र फाइदा हुन्छ। त्यो हो, भिटामिन डीको सप्लिमेन्टेसन। त्यसकारण भिटामिन डी औषधीले घामको होइन, भिटामिन डीको परिपूर्ति मात्र गर्छ।
भिटामिन डी लिने तरिका
भिटामिन डी औषधी खाने सही तरिकाबारे बिरामीलाई थाहा नहुन सक्छ। यसबारे कतिपय डाक्टरहरूलाई पनि थाहा छैन। यो भिटामिन चिल्लोमा मात्र घुल्न सक्ने भएकाले चिल्लो पदार्थसँग खाएनौं भने शरीरले ग्रहण नगर्न पनि सक्छ। खाली पेटमा पानीसँग औषधी खाँदा शरीरको भिटामिन घटेर जानसक्ने हुन्छ।
बाक्लो तर भएको दूध, दही अथवा घिउ आदि चिल्लो पदार्थसँग औषधि खाँदा मात्रै शरीरले राम्ररी भिटामिन डी ग्रहण गर्न सक्छ। यो चिल्लो खानापछि पानीसँग समेत खान सकिन्छ।
शरीर स्वस्थ रहनका लागि सबै प्रकारका भिटामिन आवश्यक पर्ने र कुनै एक भिटामिनको कमी हुँदा त्यसले समग्र स्वास्थ्यमा नै असर पर्न जाने गर्दछ। भिटामिन डी को कमिले पनि हड्डी कमजोर हुने, अत्यधिक थकान, ढाड, मेरूदण्ड तथा मांसपेशीको दुखाइ, डिप्रेसन, उच्च रक्तचाप तथा मधुमेह जस्ता विभिन्न स्वास्थ्य समस्या निम्तिन सक्छ। साथै दम तथा मुटु अनि रक्तनलीकाे रोग बढ्ने, स्ट्रोक वा मस्तिष्क पक्षघातका सम्भावना बढ्ने, यौन क्षमता घट्ने आदि पनि हुनसक्ने अनुसन्धानले देखाएका छन्।
मानव शरीर एक ‘इको सिस्टम’ नै हो। एउटालाई असरगर्दा अर्कोमा ‘चेन रियाक्सन’ हुन्छ अनि तुरुन्तै अरु मानिसलाई असर पर्न जान्छ। भिटामिन डी को कमिमा शरीरमा क्याल्सियम कम हुँदै जान्छ, क्याल्सियम हड्डी, मांसपेशी तथा नसाको स्वास्थ्यको निम्ति एकदमै महत्वपूर्ण हुन्छ। फलस्वरूप हड्डी खिइने, कमजोर हुने, मांसपेशी, नसा तथा जोर्नी अनि ढाड आदि दुख्ने वा कमजोर हुने, नसाका समस्या बढ्ने र चाँडै थाकिने हुन्छ।
नेपालीलाई ‘सनब्लक’को अावश्यकता पर्दैन। सनब्लक लगाएर छाला गोरो हुने हुदैन। सनब्लक जरुरत पर्ने भनेको गोरा जातिलाई मात्रै हो, किनकी गोरामा ‘मेलालिनोसाइट’ भन्ने जुन कोष हुन्छ त्यो छालामा कम हुन्छ। त्यसले गर्दा सूर्यका हानिकारक किरणहरु शरीरभित्र परेर छालाको क्यान्सर पैदा गर्ने सम्भावना बढी हुन्छ।
जो समस्यामै परेको हुनुहुन्छ उहाँहरुले त एक पटक जचाउँनै पर्छ। त्यस अनुसार कस्तो दुखाइलाई के आवश्यक छ भन्ने सुझाव दिन सकिन्छ तर, जसको ढाड अहिलेसम्म दुखेको छैन र भविष्यमा ढाड नदुखोस् भन्ने चाहना राख्नुहुन्छ, उहाँहरूले सर्वप्रथम मज्जाले घाम ताप्ने, दोस्रोमा ब्यायाम गर्ने र ‘पोस्चुरल कियर’मा ध्यान दिने। यति गर्न सके भिटामिन डीको कमीले निम्तिने समस्याबाट बच्न सकिन्छ।
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा
पत्रकार ज्योति शाहको क्यान्सर उपचारका लागि सहयोग जुट्दै