म्हपूजा अर्थात् शरीरप्रति सचेत बन्ने दिन

म्हपूजा अर्थात् शरीरप्रति सचेत बन्ने दिन

काठमाडौं : नेपाल संवतअनुसार नयाँ वर्षको अवसर पारेर बिहीबार नेवार समुदाय मौलिक पर्व म्हपूजा गर्दैछन्। म्हपूजाको अर्थ हुन्छ, शरीरको पूजा।

म्हपूजाका लागि बिहानैदेखि घरसफा गरिन्छ। विभिन्न पक्वान्न तयार गरी म्हपूजाको तयारी गरिन्छ। साँझमा गरिने म्हपूजाका लागि सुरुमा मण्डप बनाउने स्थानमा रातो माटोले लिपेर शुद्ध बनाइन्छ। पानीको मण्डला बनाई त्यसमाथि तेलको मण्डला बनाइन्छ।  विभिन्र प्रक्रिया अपनार्इ  शरीर पूजा गरिन्छ।

पूजाका क्रममा शरीरमा कुनै रोगव्याधि नलागोस्, सँधै स्वस्थ हुनसकुँ भन्ने कामना गरिन्छ। म्हपूजा गर्नुको अर्थ अाफ्नाे शरीरप्रति सचेत हुनु रहेकाे संस्कृतिविदहरू बताउँछन्। इतिहास तथा संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ आफ्ना शरीरप्रति सचेत भएर सारा संसारलाई चिन्नको लागि म नै भगवान्, म नै ब्रम्हाण्ड, मैले सारा जगतको कल्याण गर्न सक्छु भन्ने भावना उत्पन्न गर्न यो पर्वको महत्त्व भएको बताउँछन्।

‘शरीरकाे पूजा गर्नु भनेकाे फूल अक्षता जिउमा चढाउनु मात्र हाेइन’, उनी भन्छन्, ‘शरीरका सबै अवयव ठीक राखेर संसारमा ज्ञानको ज्योति फैलाउन सक्छु भन्ने अातमविश्वास उत्पन्र गराउनु नै यसकाे विशेषाता हाे।’ म्हपूजाका वेला गरिने सरसफाइले पनि यसकाे महत्त्व दर्शाउँछ। घरअाँगन सफासुघ्रङर राखे राेग लाग्रन पाउँदैन भन्ने सन्देश यसले दिन्छ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।