यी समस्यामा प्रभावकारी मह र अदुवाको मिश्रण
हेल्थ टिभी अनलाइन : मह र अदुवा दुवै स्वास्थ्यका लागि लाभकारी वस्तु हुन्। यी दुवैलाई मिसाएर प्रयोग गर्दा झनै फाइदाजनक हुन्छ। एक चम्चा अदुवाको जुस र एक चम्चा मह राम्रोसँग घोलेर खाँदा स्वास्थयलाई निकै फाइदा गर्छ। यो जुसमा एन्टी इन्फ्लामेट्री र एन्टी अक्सिडेन्ट गुण हुन्छन्। जसले हाम्रो शरीरलाई विभिन्न किसिमका फाइदा हुन्छ।
अदुवा र महको मिश्रण रुघाखोकी र श्वासप्रश्वाससँग जोडिएका समस्यामा प्रभावकारी मानिन्छ।
अदुवा र महको मिश्रणले शरीरको प्रतिरोधक क्षमतालाई बढाउँछ।
दमको समस्या छ भने अदुवा र महसँगै मरिचको मिश्रण सेवन गर्दा आराम हुन्छ। यसले फोक्सोमा अक्सिजनको आपूर्ति बढाउँछ।
वाकवाक लाग्ने वा उल्टी हुने समस्या छ भने पनि अदुवा र महको मिश्रण प्रयोग गर्दा आराम मिल्छ।
अदुवा र महको मिश्रणले पाचनशक्ति बढाउन समेत सहयोग गर्छ। पेटसम्बन्धी समस्यालाई ठीक गर्छ।
यसको नियमित सेवनले ब्लडप्रेसर, हार्टअट्याक, स्ट्रोक जस्ता समस्या आउँदैनन्।
महिलाहरुलाई महिनावारीका क्रममा हुने पीडामा समेत मह र अदुवाको मिश्रणले औषधिको काम गर्छ।
यसले टाउको दुखाइलाई पनि कम गर्छ। माइग्रेनको समस्या समेत यो प्रभावकारी छ।
यसले क्यान्सर रोगलाई पर राख्न सहयोग गर्छ। यो मिश्रणले ‘एन्टी अक्सिडेन्ट इन्जाइम’लाई प्रेरित गर्छ र क्यान्सर सेल्स बन्नबाट रोक्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण