यसरी हटाउनुस् घुर्ने बानी
घुर्ने बानी आफूलाई त थाहा हुँदैन तर यसले सँगै वा एउटै कोठमा सुत्ने अरुकाे निन्द्रामा बाधा पुर्याइरहेको हुन्छ। श्वासनलीमा अवराेधका कारणा याे समस्या देखिन्छ। यो समस्या हटाउन केही टिप्स–
सकभर बेलुकीको खाना हलुका किसिमको खानुपर्छ। त्यस्तै, बढी चिल्लो, पिरो भएका खाना खानुहुँदैन।
सुत्दा उत्तानो परेर सुत्नुहुँदैन। कोल्टे परेर सुत्दा श्वासनलीमा असर पर्दैन। घुर्ने समस्या कम हुँदै क्रमशः ठीक हुँदै जान्छ।
सकेसम्म नियमित व्यायाम गर्नुपर्छ। यसले घुर्ने समस्या समाधान गर्न मद्दत गर्छ।
शरीरको अत्यधिक भारका कारणसमेत श्वासनलीमा परेर याे समस्या देखिन्छ। त्यसैले मोटोपन भएकाले तौल घटाउनु आवश्यक छ।
अत्यधिक धूम्रपान–मध्यपान र लागुऔषधबाट टाढा रहनुपर्छ।
घुर्ने समस्या बढी नै देखिए चिकित्सकसँग सल्लाह लिनु पर्छ।




जडीबुटी : नेपालको स्वास्थ्य र समृद्धिको हरित पुँजी
यसकारण खाने गरौं बहुगुणकारी कुरिलो
आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा निधन
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त
औषधिको सही प्रयोग किन आवश्यक छ ?