माैसमी रूघाखाेकी र ज्वरोको घरेलु उपचार
आजभोलि माैसमका कारणा भाइरस वा विषाणुले हुने ज्वरो फैलिएको छ। यो साना ठूला सबैलाइ आउन सक्छ।
यसमा कुनै जटिलता नभएमा ‘एण्टिवायोटिक’ साधारणतया ब्याक्टेरिया मार्ने औषधिको कुनै उपयोगिता छैन। उल्टै हानि हुन सक्छ।
घरैमा पूर्ण विश्राम, पचाउन सजिलो राम्रोसित पकाएको खानेकुरा, पर्याप्त मात्रामा उमालेर सेलाएको पानी र ल्वाङ राखी उमालेको पानी पिउनाले छिटो सञ्चो हुन सहयोग पुग्छ। सजिलै सर्न सक्ने भएकाले अरुलाई जोगाउनका लागि साधारणतया ज्वरो आइञ्जेल सफा र अलग्गै बस्ने गर्नुपर्छ।
रुघाखोकीसहितको ज्वरो हो भने तुलसीको रस र अदुवाको रस केही थोपा एक चम्चा महमा मिसाई चाट्दै गर्नाले धेरै लाभ हुन्छ।
वर्षौदेखि नियन्त्रणका सेवा विस्तार हुँदाहुँदै पनि किन अन्त्य हुन सकेन क्षयरोग ?
किष्ट अस्पतालमा सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषको स्वास्थ्य सुविधा
चिकित्सक उत्पादनमा फड्को, पलायनले राज्यलाई ठूलो नोक्सानी
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने
डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ