किन खाने आँप?
गर्मी मौसममा पाइने फलफूलमध्ये एक हो आँप। फलको राजा भनेर पनि चिनिने आँप देख्दा नलोभिने को होला? यो फल स्वास्थ्यका लागि पनि गुणकारी छ।
आँपमा भिटामिन ए, भिटामिन सी का साथै कपर, जिंक, मिनरल्स, फाइबर पाइन्छ। आँपको नियमित सेवन गर्दा शरीरलाई धेरै फाइदा पुग्छ।
आँप खाँदा हुने फाइदा
नियमित आँप सेवनले शरीरमा शक्ति प्रदान गर्नुका साथै शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ।
आँपमा पाइने फाइबर र भिटामिन सीले शरीरमा ‘कोलेस्ट्राेल लेवल’ कम गर्न मद्दत गर्छ।
आँपमा पाइने भिटामिन एले आँखा तेजिलो हुनुका साथै आँखासम्बन्धी समस्याबाट बचाउँछ।
आँपको नियमित सेवनले पेटमा हुने कब्जियत, एसिडिटी तथा ग्यास्ट्रिकको समस्याबाट छुटकारा मिल्छ।
आँप सेवनले ‘ब्लडप्रेसर लेवल कन्ट्रोल’ गर्न मद्दत गर्नुका साथै मुटुसम्बन्धी समस्याबाट बच्न सकिन्छ।
आँपमा प्रशस्त मात्रामा आइरनले शरीरमा रगत बढाउनुका साथै एनिमियाको समस्या हुन दिँदैन।
आँपमा पाइने भिटामिन बी ६ ले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरण शक्ति बढाउँछ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य