Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

के हो क्रायोथेरापी?, कुन कुन राेगकाे उपचारमा उपयाेगी?

के हो क्रायोथेरापी?, कुन कुन राेगकाे उपचारमा उपयाेगी?

चिसो थेरापी समेत भनिने क्रायोथेरापीको सुरुवात जापानले १९७८ ताका सुरुवात गरेको थियो। यो थेरापी लिनको लागि बिरामी स्वीमिङ सुटमा ‘क्रायो चेम्बर’मा प्रवेश गर्छन् ।

यस च्याम्बरलाई लिक्विड नाइट्रोजन, कार्वन डाइअक्साइड स्नो वा डाइमेथीलेथर प्रोपेन जस्ता ग्यासको प्रयोगद्वारा माइनस ११० सेल्सियससम्म चिसो बनाइन्छ। बिरामीलाई त्यसमा बढीमा तीन मिनेट राखिन्छ।

जसले गर्दा छालाको माथिल्लो सतह केही समयका लागि जम्न सक्छ। रक्तवाहिनी फुलेर धेरै अक्सिजन लिन थाल्छ। संवेदनशील कोशिका ‘स्पाइनल कर्ड’लाई संवेदनशील बनाउन थाल्छ। यसले गर्दा जोर्नी, मांसपेशी तथा स्नायुतन्त्रका ‘रिसेप्टर्स’मा बदलाव हुन थाल्छ।

यसले मस्तिष्क ज्यादा क्रियाशील भएर शरीरलाई चिसो हुनबाट बचाउन उर्जा दिने वा दुखाइ कम गर्ने रसायन एण्डोफिर्न निर्माण गर्न थाल्छ, जसले गर्दा शरीरमा रक्तप्रवाह बढेर तनाव तथा दुखाइ कम हुँदै जान्छ।

सामान्यतया कुनै स्थानीय ठाउँमा चोट लाग्दा हामी आइसले सेक्ने गर्छौँ, जसलाई आइप्याक थेरापी भनिन्छ। क्रायोथेरापी भनेको यसको परिस्कृत रूप हो।

स्तन क्यान्सरको उपचार

क्रायोथेरापीको एक अंग हो, आइस बल थेरापी। स्तन क्यान्सरको उपचारमा यो थेरापीको प्रयोग गर्न थलिएको छ। खासगरी, आइसबल थेरापीमा ससाना सुईले स्तनको भित्र प्वाल पारेर क्यान्सरको गाँठोमा निकै चिसो ग्यास पठाइन्छ।

अत्याधिक चिसोका कारण ट्यूमर बेअसर भइदिन्छ। एक हिसाबले यो उपायले क्यान्सर बढाउने टिस्यूलाई नै नष्ट गरिदिन्छ, जसले यो क्यान्सर फैलिने सम्भावना न्युन हुने गर्छ । यो उपचार पद्धति शल्यक्रिया भन्दा कम पीडादायक हुन्छ। पीडारहित विधि

क्रायोथेरापीलाई १५–२० दिनको अन्तरालमा दोहर्‍याएमा आर्थाइटिस अर्थात् गठिया रोगमा आराम मिल्छ। बिरामीले सेवन गर्नुपर्ने औषधीको मात्रा पनि कैयौँ गुणा कम हुन्छ।

चिसो मौसममा वातावरणमा चिस्यान हुन्छ। क्रायो चेम्बर्सको कृत्रिम चिसो सुख्खा हुन्छ। र, यसको चिकित्सकीय प्रयोग पनि प्रभावकारी हुन्छ। यसबाहेक, यो चिसोलाई आवश्यकता अनुसार मात्रै प्रयोग गर्न सकिन्छ। यो थेरापी कुनै पनि शल्यक्रियाको विकल्प हाेइन। तर यसको मद्दतले कैयौँ प्रकारको गम्भीर रोगसित लड्न सकिन्छ।

क्यालोरी कम हुन्छ 

मोटोपना कम गर्न पनि क्रायोथेरापी निकै प्रभावकारी मानिन्छ। मोटोपना कम गर्ने प्रकृयालाई क्रायोपोलिसिस भनिन्छ। यो प्रकृया अन्तर्गत धेरै चिसोमा बस्दा रक्तप्रवाह तीव्र भइदिन्छ। जसले गर्दा मेटाबोलिज्म प्रक्रिया पनि तीव्र भइदिन्छ। एक पटकमा चार सय देखि आठ सय ‘क्यालोरी बर्न’ हुने गर्छ । मोटोपना बाहेक पनि एञ्जाइटी, मांपसेशीको खिचाव, ढाड दुख्ने समस्या, मुटु रोग तथा टाउको दुख्ने पुरानो समस्यामा क्रायोथेरापीले राहत प्रदान गर्छ।

थप समाचार