कानूनको अटेरी गर्ने सूर्य टोबाकोलाई ठुलै झट्का, स्वास्थ्य मन्त्रालयले काट्योे पत्र, अटेरी गरे कारवाही गर्ने चेतावनी
सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ पूर्ण रुपमा पालना नगरेको भन्दै स्वास्थ्य मन्त्रालयले सूर्य टोबाको कम्पनीलाई पत्र काटेको छ । सुर्तीजन्य पदार्थको बट्टा ,र्यापर्स,प्याकेटमा चेतावनीमूलक सन्देश सहितको चित्र राख्नुपर्ने व्यवस्था भए पनि सूर्य टोबाको कम्पनीले अटेरी गर्दै आएकाले पत्र काटिएको स्वास्थ्यराज्य मन्त्री पद्मा अर्यालले जानकारी दिइन ।
पत्रमा सरकारले जारी गरेको ऐन अनुसार चुरोटको बट्टामा ९० प्रतिशत चेतावनीमूलक चित्र सहितको सन्देश छाप्न भनिएको छ । साथै एक महिना भित्र उक्त विषयका वारेमा जानकारी दिन समेत निर्देशन दिइएको छ । स्वास्थ्य राज्यमन्त्री अर्यालको निर्देशन अनुसार मन्त्रालयले पत्र काटेको हो ।
सरकारले २०७२ जेठ १ गते देखि लागू हुने गरी सुर्तीजन्य पदार्थको बट्टा र्यापर्स,पेटी तथा पार्सलमा मा ९० प्रतिशत चेतावनीमूलक चित्र छाप्नुपर्ने व्यवस्था गरेको थियो । सो नियम विदेशी कम्पनी लगायत अन्य कम्पनीहरुले यस अघि नै लागू गरिसकेको भए पनि नेपाली बजारमा असी प्रतिशत हिस्सा ओगटेको सूर्य टोबाकोले भने अटेरी गर्दै आएको छ ।
स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै सुर्तीजन्य पदार्थको सेवन विरुद्ध लाग्दै आएकी मन्त्री अर्यालले कानुूनी दायरामा नआउने जोसुकै भए पनि सजायको भागिदार हुने बताएकी छिन । मन्त्री अर्यालको कडा कदमले सूर्य टोबाकोलाई भने ठुलै झट्का लाग्ने पक्का छ ।
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य