Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपाल क्यान्सर अस्पतालमा मनाइयो ‘इन्टरनेशनल चाइल्डहुड क्यान्सर डे’

नेपाल क्यान्सर अस्पतालमा मनाइयो ‘इन्टरनेशनल चाइल्डहुड क्यान्सर डे’

हेल्थ टिभी अनलाइन : नेपाल क्यान्सर अस्पतालमा इन्टरनेशनल चाइल्डहुड क्यान्सर डे मनाइएको छ । अस्पतालले क्यान्सर जितेका स साना बालबालिकासँगै यो दिवस मनाएको हो ।

कार्यक्रममा बालबालिका र उनीहरुको अभिभावकको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठले बालबालिकाको क्यान्सर समयमै उपचार गरेमा पूर्ण रुपमा निको हुने बताए ।

यसैगरी बाल क्यान्सर रोग विशेषज्ञ डा अन्जली पण्डितले बालबालिकाको क्यान्सरबारे अभिभावक बढी सचेत हुनपर्ने र केही असामान्य जस्ता देखिने लक्षणप्रति सचेत हुनपर्नेमा जोड दिइन । उनले बालबालिकालाई बारम्बार ज्वरो आउने, शरीरमा निलो रातो धब्बा देखिने, जोर्नीहरु दुखिरहने जस्ता लक्षण देखिएमा तुरुन्त डाक्टरलाई परामर्श लिन सुझाव दिइन । कार्यक्रममा बालबालिकाहरुले आ आफनो प्रतिभा समेत देखाएका थिए ।

कार्यक्रममा नेपाल क्यान्सर सपोर्ट ग्रुप र उपचारका लागि सहयोगी हातहरुको पनि सहकार्य रहेको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार