निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
हेल्थ टिभी अनलाइन : सरकारले आसन्न निर्वाचनको सुरक्षामा खटिने सुरक्षाकर्मीहरूलाई केही भएमा उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनका बेला घाइते हुने सुरक्षाकर्मी तथा म्यादी प्रहरीको सम्पूर्ण उपचार खर्च राज्यले बेहोर्ने निर्णय गरेको हो। बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवम गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको शान्ति सुरक्षा कायम गर्ने क्रममा घाइते भएका सुरक्षाकर्मीहरूको उपचारमा लाग्ने सबै खर्च नेपाल सरकारले उपलब्ध गराउने बताए।
सरकारले निर्वाचन अवधिभर फिल्डमा खटिएका सुरक्षाकर्मी वा म्यादी प्रहरी घाइते भएमा सरकारी अस्पतालहरूमा उनीहरूको नि शुल्क उपचार हुने र यदि कर्तव्य पालनको सिलसिलामा कुनै पनि सुरक्षाकर्मीको मृत्यु भएमा उनीहरूको परिवारलाई सरकारले उचित आर्थिक सहायता र राहत उपलब्ध गराउने निर्णय गरेको अर्यालले जानकारी दिए। उनले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन खटिने सुरक्षाकर्मीको सुरक्षा र स्वास्थ्यप्रति सरकार संवेदनशील भएको पनि जिकीर गरे ।
स्वास्थ्यमन्त्री मेहताले स्वास्थ्य पत्रकारसँग किन मागिन एकाएक सुझाव ?
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन
नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर