डिमेन्सियाबारे जानीराखौँ
हेल्थ टिभी अनलाइन : डिमेन्सियालाई बौद्धिकतामा कमी आउने अवस्था भनिन्छ। बिरामीको सम्झिने शक्तिमा ह्रास आउनु, बोलीमा परिवर्तन आई प्रष्टता नआउनु,बौद्धिक काम गर्न नसक्नु, व्यवहारमा परिवर्तन आउनु, घरबाट बाहिर भाग्नु र फर्केर आउन नसक्नु यसका प्रमुख लक्षण हुन्।
सामान्य काम अर्थात् खाना खान वा हिँडडुल गर्न प्रायः समस्या आएको हुँदैन तर बौद्धिकताको कमीले बिरामी कुनै पनि निर्णय लिन नसक्ने, घर व्यवहारको हिसाब गर्न नसक्ने अवस्थामा पुगेका हुन्छन्। यसकारण यी बिरामीहरूमा एकोहोरो हुँदै जाने, कम बोल्ने, सामान्य काममा गल्ती गर्ने र एउटै कुरा पटक पटक दाहोर्याइरहने लक्षणहरू देखिन्छन्।
कारण
अस्थायी कारण अर्थात् रिर्भसिबल। यसलाई ठीक पार्न सकिन्छ। स्थायी कारण अर्थात् इरिभर्सिबल। यसले मस्तिष्कको विभिन्न भागको कोशिकाहरू सुक्दै जान्छन्।
अस्थायी डिमेन्सिया भिटामिन बी १२ को कमी, अत्यधिक मदिरापान, एचआईभी संक्रमण र नर्मल प्रेसर हाइडोफेसेलस इत्यादिले हुन्छ।
स्थायी डिमेन्सियाका प्रकार
अल्जाइमर्स डिमेन्सिया
फ्रोन्टो टेमपोरल डिमेन्सिया
भास्कुलर डिमेन्सिया
पत्ता लगाउने तरिका
बिरामीको लक्षणहरूबाट पनि यो रोग पत्ता लगाउन सकिन्छ । यसैगरी चिकित्सकले जाँच गरिसकेपछि यो समस्या पत्ता लाग्छ। यसैगरी जटिल प्रकारको हो या होइन भन्ने कुरा मस्तिष्कको एमआरआई, ढाडको पानीको परीक्षण गरी पत्ता लगाइन्छ।
डा रागेश कर्णको ‘नशारोग सचेतना’ पुस्तिकाबाट।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण