‘नसर्ने रोग र एन्टीमाइक्रोबियल रेसिस्टेन्सलाईसँगै राखेर नीति बनाउन आवश्यक’
हेल्थ टिभी अनलाइन : विश्वका स्वास्थ्य विज्ञहरुको अर्को महिना नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासभाको उच्चस्तरीय बैठक हुँदैछ । सो बैठकमा नसर्ने रोगका विविध पक्षमा व्यापक छलफल हुनेछ । तर के उक्त बैठकमा नसर्ने रोग र अहिलेको जल्दोबल्दो जनस्वास्थ्य समस्या एन्टीमाइक्रोबियल रेसिस्टेन्सको पनि कुरा होला त ? सबैकाे चासो रहेको छ । नसर्ने रोग र एन्टीमाइक्रोबियल रेसिस्टेन्स समस्यालाईसँगै राखेर हेरिनुपर्ने सरोकारवालाको माग छ ।
नसर्ने रोग एनसीडी र एन्टिमाइक्रोबियल रेसिस्टेन्स को दोहोरो चुनौतीलाई अब छुट्टाछसट्टै होइन एकीकृत रूपमा सम्बोधन गर्नुपर्नेमा विश्व स्वास्थ्य क्षेत्रका विज्ञ, नीति निर्माता र सरोकारवालाले जोड दिएका छन्।
Department of Universal Health Coverage, Communicable Diseases, World Health Organization (Eastern Mediterranean Regional Office) का Director डा याभान ह्युटिनले स्वास्थ्य प्रणालीलाई बलियो बनाएर गुणस्तरीय उपचार, स्वास्थ्यकर आहार, एन्टिबायोटिकको जिम्मेवार प्रयोग, प्रभावकारी परीक्षण तथा रोकथाम सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए। उनका अनुसार एएमआर र एनसीडी दुवैसँग लड्न सामुदायिक सशक्तिकरण, निगरानी प्रणाली र डिजिटल प्रविधि महत्त्वपूर्ण छन्। यिनीहरुमा जोड दिन आवश्यक छ ।
नसर्ने रोगसँग जुधिरहेका बिरामीहरूको आवाजलाई पनि निर्णय प्रक्रियामा समावेश गर्नुपर्ने कुरा डब्ल्यूएचओको एएमआर सर्भाइभर टास्कफोर्सकी सदस्य एला बालासाले जोड दिइन्। उनले भनिन्, “बिरामीका कथाले तथ्याङ्कभन्दा बढी वास्तविकता देखाउँछ। यसैले एएमआर एनसीडी रणनीतिमा बिरामी–केन्द्रित र समान पहुँचको उपचारलाई प्राथमिकता दिनुपर्छ।
यसैगरी भर्चुअल रुपमा भएको छलफल कार्यक्रममा नाइजेरियाका पूर्व स्वास्थ्य मन्त्री प्रोफेसर अनयबुची चुक्वूले एकीकृत नीति, र त्यही अनुसारको लगानीका माध्यमबाट मात्रै एएमआर र एनसीडीलाई एकसाथ सम्बोधन गर्न सकिनेमा जोड दिए ।
WHO की Tea Collins, Lead of NCD Department ले क्यान्सरलगायत नसर्ने रोग लागेका व्यक्तिहरूमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले संक्रमणको जोखिम उच्च हुने र यो बेला एएमआरले थप जटिलता निम्त्याउने बताइन्। उनले यो गम्भीर विषयमा पनि सबैको आवाज आउनुपर्छ भन्दै आग्रह गरिन ।
नर्वे क्यान्सर सोसाइटीका जोन किर्कनेसले क्यान्सर उपचारमा संक्रमण र एएमआरको प्रभावबारे सचेतना अभाव रहेको बताए। उनका अनुसार पाँचमध्ये एक जना क्यान्सर बिरामी उपचारकै क्रममा संक्रमणका कारण अस्पताल भर्ना हुनुपर्ने बताए । फेलिक्स लियाउ जो एएमआर सर्भाइभर हुन्, उनले नसर्ने रोग र एएमआर दुबै समस्या कम आय भएका देशहरुमा हुने र त्यहीं नै बढी असर गर्ने जनाए । उनले नसर्ने रोगमा अहिलेसम्म भएका औषधिले विस्तारै काम गर्न छोडेमा ठूलो समस्या आउने समेत बताए ।
दक्षिण अफ्रिकाकी ल्यारेन प्रोटोरिसले क्यान्सर उपचारमा संक्रमणलाई सामान्य विषय नभई उपचार योजनाकै केन्द्रमा राख्नुपर्नेमा जोड दिइन्। त्यस्तै, युरोपियन पेसेन्ट फाेरमकी बारीस्लाभा अनानियेभाले स्वास्थ्य साक्षरता र छिटो परीक्षण प्रणालीको आवश्यकताबारे औंल्याइन्।
यसैगरी भर्चुअल रुपमा भएको छलफल कार्यक्रममा सरोकारवाला संस्था र बिरामीका प्रतिनिधी तथा विज्ञहरूले एक स्वरमा २०२५ को नसर्ने रोगसम्बन्धी हुने संयुक्त राष्ट्रसंघ उच्चस्तरीय बैठकको राजनीतिक घोषणा पत्रमा एएमआर र एनसीडीबीचको अन्तरसम्बन्ध, बिरामी -केन्द्रित , एकीकृत नीति र समान पहुँचलाई स्पष्ट रूपमा समावेश गर्न आग्रह गरेका थिए ।
कार्यक्रमको आयोजना डब्ल्यूएचओ र डब्ल्यूएचओ टास्कफोर्स अफ एएमआर सर्भाइभर्सले गरेका हुन्।
सुर्तीजन्य पदार्थमा ५० प्रतिशत कर वृद्धि गर्न सांसद तोसिमा कार्कीको माग
क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य, विशेषज्ञहरूको अन्तरक्रिया सम्पन्न
गर्मीमा नरिवल पानी पिउनुका फाइदा
नेपाल विश्व स्वास्थ्य संगठनको ७९औं महासभाको उपाध्यक्षमा निर्वाचित
विश्व स्वास्थ्य सभामा महिला अधिकार र स्वास्थ्य न्यायको माग