यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार डा प्रकाश क्षेत्रीलाई
हेल्थ टिभी अनलाइन \काठमाडौं : यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार डा प्रकाश क्षेत्रीलाई प्रदान गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा दिवसको अवसरमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ कन्सल्टेन्ट सर्जन डा क्षेत्रीलाई एक लाख राशीको उत्कृष्ट स्वास्थ्य क्षेत्र पुरस्कार प्रदान गरेको हो ।
डा क्षेत्रीले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुराएको भन्दै मन्त्रालयले उनलाई पुरस्कृत गरेको हो।
दिवसको अवसरमा अन्य चार जना स्वास्थ्यकर्मीहरूलार्इ स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ। पुरस्कार पाउनेहरुमा नारायणी अस्पताल विरगन्जकी स्टाफ नर्स अन्जना श्रेष्ठ, कोशी अस्पताल विराटनगरका जनस्वास्थ्य निरीक्षक गजेन्द्र प्रसाद यादव, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका वरिष्ठ कन्सलटेन्ट डा मोनकर्ण थापा र उपचारात्मक महाशाखाकी डा पोमावती थापा छन्। उनीहरूलाई जनही ५० हजार रूपैयाँ र ताम्रपत्र पुरस्कार स्वरूप प्रदान गरिएको हो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?