वार्षिकोत्सवको अवसरमा स्पार्क अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको कालिमाटीमा रहेको प्राकृतिक चिकित्साको अग्रणी अस्पताल बन्न सफल ‘स्पार्क हेल्थ होम अस्पताल’ ३१ औं वर्षमा प्रवेश गरेको छ । अस्पतालले वार्षिकोत्सवको अवसरमा बिहिबार हाडजोर्नी तथा नशा सम्बन्धी नि: शुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको आयोजना समेत गर्दैछ ।
३१ वर्ष अघि फागुण ११ गतेका दिन प्राकृतिक चिकित्साको उपचारका लागि स्पार्क अस्पतालको स्थापना भएको थियो । ३१ वर्षसम्म आइपुग्दा यस अस्पतालले थुप्रै सेवा सुविधाहरु थप गरेको अस्पतालका निर्देशक रुपेश अधिकारीले जनाएका छन्। प्राकृतिक चिकित्साको पुरानो अस्पताल भएकाले र गुणस्तरीय सेवाका कारण बिरामीको माया सधैं नै आफूहरुले पाएको र बिरामीको विश्वासका कारण यहाँसम्म आउन सकेको पनि अधिकारीले जिकीर गरे ।
वार्षिकोत्सव कार्यक्रममा कर्मचारीको कामको सम्मान गर्दै र उनीहरुलाई हौसला प्रदान गर्नका लागि हरेक वर्ष जस्तै यसपटक पनि वर्षको उत्कृष्ट कर्मचारी घोषणा गर्दै पुरस्कार प्रदान गर्ने कार्यक्रम समेत रहेको अधिकारीले जनाए ।
स्पार्कमा हाडजोर्नीको समस्या, नशा च्यापिएको, प्यारालाइसिस,हड्डी खिइएकोे, डिस्क प्रोल्याप्स, बाथ, यूरिक एसिड लगायतका उपचार हानीरहित विभिन्न थेरापी, मसाज तथा अन्य प्राकृतिक विधिमार्फत गरिन्छ ।
यस अस्पतालको सेवाबाट धेरै बिरामीले नयाँ जीवन पाउन सफल भएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?