फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले यही फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाउँदै छ। स्वास्थ्य सेवा ऐन, २०५३ जारी भएको मितिलाई स्मरणीय बनाउन हरेक वर्ष फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाउने गरिएको हो। त्यही अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघ, प्रदेश तथा स्थानीय तहमा विभिन्न कार्यक्रमहरू गरेर यो दिवस मनाउन लागेको हो ।
स्वास्थ्य सेवा दिवस देशव्यापी रुपमा मनाउनकै लागि मुख्य सचिव शंकरदास वैरागीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ। यसैगरी विभिन्न समितिहरु बनाई कार्यक्रम व्यवस्थापनका लागि स्वास्थ्य सचिव, स्वास्थ्य सेवा विभागका महानिर्देशक लगायतलाई जिम्मेवारी दिइएको छ ।
यस वर्षको स्वास्थ्य सेवा दिवसको नारा ‘दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा- निरोगी नेपाल’ निर्माणमा हाम्रो टेवा’ भन्ने रहेको छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य